CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

च्युटाहा स्वास्थ्य चौकीमा मैनाली द्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

फेटा GP PSA
1,527
सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा।

हिजो आदर्श कोतवाल गाउँपालिका अन्तर्गत च्युटाहा स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरी नेकपाको केन्द्रीय सदस्य तथा पुर्व बारा क्षेत्र न .१ का नेकपा प्रत्याशी प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनाली द्वारा च्युटाहा स्वास्थ्य चौकी लाई स्वास्थ्य समाग्री हस्तान्तरण गर्नु भएको छ। आदर्श कोतवाल गाउँपालिकाको प्रमुख मुस्तुफा अन्सारीको अध्यक्षता तथा प्रमुख अतिथि अच्युत मैनालीको विशेष उपस्थितिमा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हस्तान्तरण समाग्रीमा सर्जिकल माक्स २००० थान, के ९५ माक्स ५० थान,सेनिटाईजर २०थान, पी.पी.ई. ५० थान, थर्मोगन ३थान लगायतको स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ। उक्त हस्तान्तरण कार्यक्रममा अच्युत मैनालीले भने मेरो पहलमा अरु पनि गाउँपालिकामा स्वास्थ्य समाग्री वितरण भएको बताउनु भयो। आउदो दिनमा पनि तपाईंहरुको बीचमा रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु जनाउनु भएको थियोे । साथै प्रत्येक गाउँपालिका, नगरपालिकाको स्वास्थ्य चौकीमा एउटा एम.बी.बी. एस.डकटरको छिटै व्यवस्था गर्ने सरकारको योजना रहेको पनि जानकारी गराउनु भएको थियो।

आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीले भने आदर्श कोतावाल गाउँपालिकामा जुन पार्टीबाट जितेर आए पनि हामीहरु आ-आफ्नो पार्टीको नारालाई त्यागेर हामी जनप्रतिनिधिहरु सम्पुर्ण जनताका लागि एक समान छौ। हामी कुनै पार्टीको झण्डा बोकेर जनप्रतिनिधिहरुको अस्मित्ता गुमाउने कार्यनगरी मात्र एउटै नारा जय आदर्श कोतवाल बोकेर हिडिरहे आफ्नो मन्तब्य राखेका थिए‍‌। किन कि चुनाव जितेर आए पछि बिकासको काममा सबैको भुमिका महत्वपूर्ण भएकोले पार्टी गत हिसाबले कुनै बिकासको कार्य सम्भव नरहेकोले आफ्नो समाज बादमा आधारित रहेर अगाडी बढिरहेको आफ्नो अभिमत राखेका हुन् ।

कार्यक्रममा गापा प्रमुख अन्सारीले नेकपा प्रत्याशी प्रतिनिधि सभा उम्मेदवार मैनाली संग यस गाउँपालिकाको बिकासको लागि आउदो दिनमा पनि साथ र सहयोगको आपेक्षा पनि राखेका थिए । उक्त कार्यक्रममा विशिष्ट अतिथि जिल्ला विकास समितिका पुर्व अध्यक्ष छठठु यादव, अतिथिमा मदन फाउन्डेसनका केन्द्रीय सदस्य सुनिल यादव, नेकपा नेता बतहु यादव, युवा संघ पुर्व बाराका अध्यक्ष राम बिनेश यादव, आदर्श कोतवाल गाउँपालिकाको वडा अध्यक्षहरु, आदर्श कोतवाल गा.पा.नेकपा कमिटी अध्यक्ष राकेश यादव, आदर्श कोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह, सह अधिकृत सुनिल थापा, स्वास्थ्य चौकी च्युटाहाका समयोजक पारस राय यादव, स्वास्थ चौकीका स्वास्थकर्मीहरु, तथा गाउँपालिकाका भद्रभलादमीहरु लगायतको उपस्थिति रहेको थियो भने उदघोषण रामाकान्त साहले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश