रौतहटमा पत्रकार महासंघको ६४ अौं स्थापना दिवस भब्यता साथ सम्पन्न।
रौतहटमा पत्रकार महासंघको ६४ अौं स्थापना दिवस भब्यता साथ सम्पन्न।
रौतहटमा पत्रकार महासंघको ६४ अौं स्थापना दिवस भब्यता साथ सम्पन्न।
अमित ठाकुर।रौतहट।चैत १६।रौतहट जिल्लाको गौर नगरपालिकामा अवस्थित नेपाल पत्रकार महासंघका कर्वाहक अध्यक्ष सहित सदस्यहरुले भब्यताका साथ ६४ अौं स्थापना दिवस धुमधामले मनाएका छन्। पत्रकार महासंघका सभा हलमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाको उपस्थितिमा ६४ अौं स्थापना दिवस मनाईएका छन्।पत्रकार महासंघका ६४ अौं स्थापना दिवसमा प्रमुख जिल्ला अधिकारी थापा, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नवीन कार्की,शस्त्र प्रहरी निरीक्षक दिपक राज भट्ट सहित पत्रकार महासंघका पुर्व अध्यक्ष प्रेम चन्द्र झा, पुर्व उपाध्यक्ष जयप्रकाश यादव, बर्तमन कार्वाहक अध्यक्ष उत्तम कुमार उपाध्याय, महिला उपाध्यक्ष रजनी झा, सचिव गौतम श्रेष्ठ, अग्रज पत्रकार प्रभात झा सहित रौतहटका संचारकर्मीहरुको उपस्थिति रहेको थियो। जिल्लमा चलिरहेको गतिविधि तथा त्यस्ता कुनै घटना बारे प्रहरीलाई पनि जानकारी गराउन प्रहरी नायव उपरीक्षक कार्कीले बताए। यति मात्र होइन प्रहरी र पत्रकार बिच नङ्ग मासुको सम्बन्ध जस्तो रहन एकदमै जरुरी रहेका छन। पहिलाको दिन के भयो के भएन त्यो कुराहरुलाई छाड्दै अबको सम्बन्ध न बिग्रिअोस र सधै भाईचरा जस्तो बनिरहोस र पत्रकार एउटा समाजको अाईना हो सत्य तथ्य समाचार सम्प्रेषण गरदिन आग्रह सहित ६४ अौं स्थापना दिवसको शुभकामना दिए।त्यसतै प्रमुख जिल्ला अधिकारी थापाले भने पत्रकार महासंघमा भएको अापसी झैझगडा तुरुन्तै मिलन होस। जिल्लालाई अझ सान्ति बाताबरण बनाउन पत्रकार साथीहरू धेरै महत्त्वपूर्ण भुमिका निभाउन एकदमै जरुरी रहेको भारतमा हुने लोक सभा र प्रतिनिधी सभाको चुनावमा रौतहटको सुरक्षा ब्यवस्था एकदमै कडा रहने बताए । त्यसतै महासंघले अहिले सदस्यता नविकरण गराउन सबै पत्रकार साथीहरूलाई आग्रह गरेका छन। त्यसतै पत्रकारलाई अषाढ मसान्तसम्म खुल्ने नयाँ सदस्यता भर्नामा कलम चलाउने पत्रकारलाई सदस्यताबाट बन्चित न गरि सदस्यता दिने पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले सोही कार्यक्रम मार्फत जानकारी दिएका छन्।