CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

कलैया उपमहानगरपालिकामा भएको भ्रष्टाचारको खुल्ला रुपमा बिरोध

फेटा GP PSA
1,107
सिम्रौन्गढ़ नपा psa
कलैया उपमहानगरपालिकामा भएको भ्रष्टाचारको खुल्ला रुपमा बिरोध
अनिल पाण्डेय
प्रसौनी गापा सामाजिक संदेश ०७८
कलैया बारा
         बारा को कलैया भरत चौकमा कलैया उपमहा नगरपालिकामा भएको भ्रष्टाचार को विरोध गर्दै आम जनतालाई पनि  अवाज उठाउन अपिल गरेकाछन।
सचेत युवा समाज कलैयाको आयोजनामा स्थानिय सरकार माथि निगरानि राख्न र खबरदारी गर्न सबैलाई एकजुट हुन बिरोध सभा को आयोजना गरिएको थियो।
Karaiya Mai Notice Winter
 कलैया उपमहानगरपालिकामा कोभिड १९ को लकडाउनमा कोरोनाबाट बच्न नागरिकलाई सचेत गराउन र क्वारन्टाईन ब्यवस्थापनमा तथा कोरोना सँक्रमितहरुको ब्यवस्थापनमा भएको खर्च बिवरण माँग गर्दा सम्पुर्ण खर्च बिवरण उपलब्ध नगराउनु नै भ्रष्टचार भएको बुझिन्छ। नागरिकको स्वास्थ्य सुरक्षाको नामसँगै नै भ्रष्टाचार गरि आ आफ्नो पकेट भर्ने तथा नागरिकको जिवनसँग खेलवाड गरी अखाध्य दालसमेत बितरण गरी भ्रष्टचारी नै भएको कार्यक्रमको अध्यक्ष डा.सुशिल साह जानकारी गराउनुभयो।
 कलैया भरत चौकमा खुल्ला रूप मै जनतालाई सचेत गराउदै भ्रष्टाचारको बिरोधमा एकजुट हुन भन्दै स्वस्थ्य सुरक्षा दिने ठाउँमा भ्रष्टाचार भएको जनताको जिवनसँग खेलवाड भएको छ। स्वास्थ्य सम्बन्धि सम्बेदनसिल कार्यमा नै भ्रष्टचार हुन्छ भने अरु बिकासमा कति भएकोहोला भन्दै जनसमुदायसँग अपिल पनि डा. साहले गर्नु भएको छ ।
विरोधका  कार्यक्रम गर्दा पनि पारदर्शी रुपमा खर्चको विवरण सार्बजनिक नगरे अख्तियारलाई गुहार्न बाध्य हुने विरोध सभालाई सम्बोधन गर्ने बक्ताहरु बताएका छन ।
कार्यक्रममा डा. सँतोष यादव, डा. साहिद राजा ईन्जिनियर शुसिल सिंह लगायतकाले आफ्नो भनाई राख्दै समाज भ्रष्टचार मुक्त हुदैन तब सम्म हामि सबैले काँधमा काँध जुटाउनुपर्छ र एक जुटहुनुपर्नेमा जोडदिनुभएका छन। त्यसतै कार्यक्रमको सँचालन डा. रबि यादवले गर्नुभएको थियो।
Baiju sah