CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया उपमाहानगरपालिकामा मनोपलि स्विपर र काम नगरिकन नै तलब

फेटा GP PSA
974
सिम्रौन्गढ़ नपा psa

कलैया उपमाहानगरपालिकामा मनोपलि स्विपर र काम नगरिकन नै तलब

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
कलैया उपमाहानगरपालिका कार्यालयन तथा वडा कार्यालयहरुमा जनप्रतिनिधि र केहि कर्मचारी मिलि आफु खुसि स्विपर राखेका छन। स्विपरहरुको सँख्यामा बृद्धि भएपनि कलैया उपमाहानगरपालिका तथा वडाहरुमा पहिलेभन्दा बढि नै फोहर देख्न पाईन्छ ।
आ ब 2076/077 मा कलैया उपमाहानगरपालिकामा 87 जना स्विपर हुदा सरसफाई जति राम्रो थियो हाल 114 जना हुदा पनि सरसफाई हुनसकेको छैन। हाल रहेको स्विपरमा कानु , यादव , ब्राहमण ,मुस्लिम , र जैस्वाल जातिका पनि रहेकाछन । जुन उनिहरु काम नै गर्दैन्न बरु जनप्रतिनिधिको हालिमुहालि गरेर तलब खानछन।
Karaiya Mai Notice Winter
पहिला चार वटा सँस्था ग्रामिण बिकास सँस्था , नवकिरण , शुभ आरम्भ र जन हित सँचार मिलि कलैया उपमाहानगरपालिका भरि 87 स्विपरमा नै राम्रो सरसफाई गर्न सकिरहेको थियो भने ति सँस्थाहरु हटाई नगरपालिकामा नै बाताबरण  शाखा राखि स्विपरको सँख्यामा बृद्धि गरिएको छ।
कलैया बाताबरण शाखामा बार्षिक दुई करोड पचास लाख स्विपर बजेट बिनियोजित हुन्छ। तर बाताबरणमा शाखाले स्विपरलाई दैनिक रु 570 को ज्यालादारीमा काम गरेको दिनको ज्याला दिई बाँकि रहेको रकम दुरुपयोग गरिएको कार्यालय श्रोतले जानकारी गराएको छ।
कलैया उप माहानगरपालिका वडा नम्बर 3 , 9 र 14 मा हाल क्रमश 7 , 6 , र 5 जना स्विपर काम गरेको भनि तलब माँग गरेका छन भने ति वडामा जुनसुकै दिन जादा वा स्थानियसँग बुझ्दा 2 देखि 3 जना भन्दा बढि नरहेको बताउँछन।
सोहि तथ्यलाई जानकारी लिन सुचनाको हक प्रयोग गरि कलैया उपमाहानगरपालिकासँग सुचना माँग गर्दा सुचना हक सम्बन्धि निबेदनमा रु 10 को टिकट टाँस गर्नैपर्ने अडान लिएकाथिए। टिकट टाँस गरी निबेदन मिती 2077-07-3 गते नै दर्ता गराउदा पनि हाल सम्म कुनै सुचना उपलब्ध हुन सकेको छैन।
जनताको कर बाट स्थानिय सरकारमा बिनियोजिट बजेटलाई जनता कै बिकासमा खर्च गर्नु पर्ने ब्वस्था रहेको छ। कलैया उपमाहानगरपालिकामा बिनियोजिट बजेट जनताको लागि होईन जनप्रतिनिधि र कर्मचारी मिलि आफु खुसि चलाएकोछन। सबैभन्दा तल्लो कर्मचारी श्रेणि बिहिन कर्मचारी जुन समाजलाई सरसफाई गर्ने काम गर्छ उनिहरु कै ज्यालामा राजनितिक गर्ने तथा काम गरेको दिनको ज्याला दिई बाकि रहेको बिनियोजिट बजेट स्बाहा पार्नु आफैमा लाजमर्दो रहेको स्थानिय बुद्धिजिबिको भनाईरहेको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश