CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सय वर्ष पुरानो पिपलको रुख काट्न खोज्दा स्थानियको बिरोध

सय वर्ष पुरानो पिपलको रुख काट्न खोज्दा स्थानियको बिरोध

फेटा GP PSA
1,378
सिम्रौन्गढ़ नपा psa

पवन शाह
बिराटनगर / सार्वजनिक ठाउमा रहेको लगभग सय वर्ष पुरानो पिपलको रुख को केही अंश आफ़्नो जग्गामा परेको भनि काट्न आटेको बेला स्थानिय तथा हिन्दु धर्म प्रेमी स्वयमसेवकहरुले बिरोध जनाएका छन ।

Karaiya Mai Notice Winter

धेरै को आस्था जोडिएको नेपाल भारत सिमा बिराटनगर महानगर पालिकाको १६ नम्बर वडामा रहेको बिराटनगर भन्सार कार्यालय नजिक उत्तर तर्फ़ रहेको पिपलको रुख प्रदिप नेवटियाले रुख काटी सोही स्थानमा सटर निर्माण गरी भाडामा लगाउन खोजेको हुनाले बिहिवार स्थानिय बिरोधमा उत्रेका हुन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

दैनिक पुजा पाठ गर्ने हिन्दु धर्म प्रेमी स्थानियहरु को पहलमा रास्ट्रिय बजरंग बल नेपाल को केन्द्रीय अध्यक्ष लाल बाबु पासवानको सहियोगमा स्वयमसेवकहरु भेलापारी रुख काट्न लागेको कुराको बिरोध गर्दै केहिबेर जयश्री रामको नारा लगाउदै प्रदर्शन समेत गरेका हुन । हिन्दु धर्म, आस्था माथी आच आउने गतिविधि या कार्य कसैले गरे अफ़ुहरु चुप लागेर न बस्ने बलको अध्यक्ष पासवानको भनाई रहेको छ । उक्त पिपलको रुखलाई देउता मानि हरेक शनिवार जल अर्पण गर्ने हरु धेरै छन र यहाका धेरैको आस्था जोडिएको हुनाले सो स्थानमा मन्दिरको निर्माण गर्न खोजेको अवस्थामा नेवटियाले रुख काट्न खोजेको स्थानिय रामजी मन्डलको भनाइ रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश