CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

कलैया उपमाहानगरपालिकाको दुई क्रमचारी विरुद्ध अखित्यार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

फेटा GP PSA
1,029
सिम्रौन्गढ़ नपा psa

कलैया उपमाहानगरपालिकाको दुई क्रमचारी विरुद्ध अखित्यार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

 

अनिल पाण्डे ,

कलैया बारा

प्रसौनी गापा सामाजिक संदेश ०७८

कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ शाखा प्रमुख विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना परिक्षण गर्ने कर्मचारी नियुक्तिमा कलैया उपमहानगरपालिकाले गरेको आर्थिक चलखेलको छानबिन गर्न उजुरी दर्ता गरिएको छ ।

पिसि आर चेकजाँचको लागि लिइएको परिक्षामा बैकल्पिक उम्मेदवारमा नतिजा प्रकाशित भएपछि सो को छानबिन गर्न महागढीमाई नपा १ निवासी मनिष कुमार गुप्ताले कलैया उपमहानगरपालिका विरुद्ध पुन: लिखितको कोपि चेकजाँच गर्न मांग गर्दै अख्तियारमा बिहिवार उजुरी दर्ता गराएको छ ।

Karaiya Mai Notice Winter

कलैया उपमहानगरपालिकाको नगर प्रमुख राजेश राय यादव , प्रमुख प्रशासकिय अधिकृत तथा स्वास्थ शाखा प्रमुख प्रेमचन्द्र जैसवालको मिलोमतोमा आर्थिक चलखेल गरि अयोग्यलाई नियुक्ति गरिएकोले सो को छानबिन गर्न मांग गरेका छन ।

बिगत असोज ७ गते लिखित परिक्षाको समय निर्धारण गरि सोही दिन अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको लिखित परिक्षा कार्तिकमा लिइएको र नतिजा कार्तिक २६ गते प्रकाशित गरेकोमा आर्थिक  चलखेल भएको रहस्य बाहिर आएको वहाँले बताए ।

बिगतको दिनमा कलैया उपमहानगरपालिकाको स्वास्थ शाखा प्रमुख प्रेमचन्द्र जैसवालले कोरोना कोभिड १९ को नाममा करोडौं ब्रहमलुट गरेको सर्वबिदितै छ । कोरोना कोभिड १९ मा कलैया उपमहानगर पालिका द्वारा क्वारेन्टाइन र आईसोलेसनको नाममा करोडौं रकम घोटाला गरेको थियो  ।

कलैया उपमहानगरपालिकाको युवा समिति द्वारा कोरोना कोभिडको खर्च समबन्धी बिवरन माँग गर्दा स्वास्थ शाखाले अधुरो बिवरन दिएपछी कोरोनाको नाममा करोडौं ब्रहमलुट भएको शंका उब्जिएको छ । स्वास्थ जीवन संग खेलवाड गर्ने स्वास्थ शाखा प्रमुख प्रेमचन्द्र जैसवाल र प्रमुख प्रशसकिय अधिकृत प्रहलाद बर्णवालले रकमको चलखेल गरि कोरोना परिक्षणमा कर्मचारी नियुक्ति गरेकोले सोको छानबिन गर्न अख्तियार दुरुपयोग क्षेत्रीय कार्यलय हेटौंडामा हुलाक बाट उजुरी परेको छ ।

Baiju sah