CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बडहर्वा बासीले नेकपाका नेता साहको बिशेष पहलमा पाए ३ सय ५० मिटर पक्की सडक

फेटा GP PSA
2,127
सिम्रौन्गढ़ नपा psa

अभिमनु कुमार पटेल, रौतहट ।।  रौतहटको दुर्गा भगवती गाउँपालिका वडा न. ५ बडहर्वा टोल स्थित तराई मधेस समृद्ध कार्यक्रमबाट सडक ढलान कार्य आज लगतार ६ दिन देखि भईरहेको छ । रौतहट क्षेत्र न. १ को नेकपा निवर्तमान इन्चार्ज तथा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बिरेन्द्र साहको सक्रियतामा धेरै पिछडिएको बस्ती पुरै प्रख्यात दलित नगरीको रुपमा रहेको वडा नं ५ बडहर्वामा ३ सय ५० मिटर लामो दुरी सडक ढलान बागमती खोलाको छेउमा वडा कार्यालय देखि पश्चिम गौर पिपरा जाने बाटोको सडक ढलान कार्य सम्पन्न भएको छ ।

Karaiya Mai Notice Winter

बर्षो देखि अलपत्र सडक बन्दै आएकोले बस्तीमा बास गर्ने र रौतहट सर्लाही जोडने मुख्य सडकको रुपमा रहेको छ । गाउँपािलका र वडा कार्यालयमा कुनै कामकाजको लागि जाने क्रममा बर्षायामको बेलामा दुखैदुख खेप्न बाध्य हुदै आईरहेको आम जनताको बिचमा स्थानीय नेताको रुपमा सधै गुनोसो सुन्न नसक्ने नेता साहले पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ट नेता माधव कुमार नेपाललाई स्थलगत अनुगम गराई सो सडकलाई तराई मधेश समृद्धि कार्यक्रमबाट २८ लाख ७२ हजारको योजना पहल गरि उक्त बाटोलाई हिलो मुक्त बनाएका हुन । सडक ढलान हुदा स्थानीय जनता धेरै खुसी देखिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आफुले सके सम्म जनताको दुख सुखमा सधै सार्थि बनेर सघाउने सोच बोकेर हिडने उदेश्यले मात्र राजनितिक गरिरहेको नेता साहले बताएका छन । मधेश र मधेशी जनताको लागि सधै माया गर्ने देशमा एक मात्र पार्टी नेकपा हुन । केही राजनितिक दलले आफनो स्वार्थ पुरा गर्न जनतालाई अफवाह फैलाएर अलमलमा राख्न खोज्दै छन तर अब मधेशी जनता सबै बुझिसकेका छन । आफु स्थानीय तहमा निर्वाचित नभए पनि सधै विकास निर्माणको कार्य समुदायिक भवन, विधालय भवन, सर्लाही रौतहट जोडने खोलामा पुल, दलित तथा असहाय जनताको लागि शुद्ध खानेपानी ह्याण्ड पाईप साथै खानेपानी समेत भौतिक निर्माण गराएको नेता साहले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश