CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

 जनउद्वार केन्द्रले मदन पार्खीनको हिन्दू परम्परा अनुसार मलेसियामा अन्तिम दासस्कार गर्यो

फेटा GP PSA
1,708
सिम्रौन्गढ़ नपा psa

क्वालालम्पुर ( मलेसिया ):= जनउद्वार केन्द्र मलेसियाले मलेसियामा मृत्यु भएका सिराहाका मदन पार्खीनको हिन्दू परम्परा अनुसार मलेसियामै अन्तिम दाहसंस्कार सम्पन्न ग्एको छ।

मदन पार्खीनले कोका-कोला भनेर ‘झार मार्ने औषधि’ सेवन गरेका थिए । आफुलाई असहज भएको र अस्पताल लिने वातावरण मिलाउन जनउद्वार केन्द्र मलेसियालाई जानकारी गराएका थिए ।जनउद्वार केन्द्र मलेसियाले जानकारी पाए लगत्तै उनलाई मलेसियाको पेनाङमा रहेको जनरल अस्पतालमा भर्ना गरिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाका अनुसार मदन पार्खीन अबैधानिक(इलिगल) हैसियतमा कार्यरत रहेको कारण अस्पतालमा भर्ना गर्न त्यति सजिलो थिएन , थुप्रै कठिनाईका बाबजुद पनि सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरि अस्पतालमा भर्ना गरिएको अध्यक्ष थापाले बताए।

अध्यक्ष थापाका अनुसार उनको पछिल्लो अवस्था बुझ्न अस्पताल गएका थियौ तर उनको अवस्था निकै चिन्ताजनक रहेको थियो । अध्यक्ष थापाले भावुक हुँदै भन्नुभयो एक दिन पछि अर्थात २०२० डिसेम्बर ५ तारिख उनलाई अस्पतालले मृतक घोषणा गर्यो यसमा हामि निकै दुखित छौ।

Karaiya Mai Notice Winter

उक्त मृतको(भौतिक शरिर)लाई नेपाल पठाउन परिवारसँग सम्पर्क गर्दा परिवारबाट मलेसियामा नै अन्तिम दाहासंस्कार गरिदिन अनुरोध आए पछि हामिले आवश्यक सम्पूर्ण प्रक्रियाहरु पुरा गरि अन्तिम संस्कार गरिएको उपाध्यक्ष कमल खड्काले बताए ।उनको अन्तिम दाहसंस्कार आइतबार यहीँ मलेसियामै सम्पन्न गरिएको हो।

सिराहा कर्जन्हा वडा नम्बर ४ का घर भएका मदन पार्खीन वैदेशिक रोजगारको सिलसिलामा केहि बर्ष अघि मलेसिया गएका थिए। उनले २०२० नोभेम्बर ३० तारिखको दिन कोका-कोला भनेर “झार मार्ने औषधि”सेवन गरेका थिए ।

मृतक मदनको परिवारले अस्पताल लाग्ने खर्च पठाएको थियो तर उक्त रकम जस्ताको तस्तै मृतक’की श्रीमती लक्ष्मी लामाको नाममा पठाएको सचिव शंकर देव आर्चायले बताए ।मृतकको साथमा रहेको मलेसियन आर एम ४४० पनि आमा हिरामाया पाख्रीनको नाममा पठाएको सचिव आर्चायले बताए।

मृतक मदनको परिवार आर्थिक रुपमा निकै नाजुक भएको कारण अस्पताल भर्ना देखि दाहसंस्कार सम्म लागेको सम्पुर्ण रकम (खर्च ) जनउद्धार केन्द्रले सहयोग गरेको छ ।

मृतक प्रति गहिरो समवेदना प्रकट गर्दै, नेपाली राजदूतावास मलेसिया लगायत समाजका साधारण सदस्य ,आजिवन सदस्य तथा शुभेच्छुक,सहयोगी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको जनउद्वार केन्द्र मलेसियाका सल्लाहकार दिनेश खड्का’खप्तडी’ले जानकारी दिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश