CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देशको बेथिति बिरुद्ध सशक्त आवाज उठाउदै देशै भरि संगठन विस्तार गर्दै बाराको संयोजकमा वर्मा

फेटा GP PSA
1,902
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

धर्म संस्कृतिको संरक्षण तथा मुलुकमा विद्यमान भ्रस्टाचार, अत्याचार, हत्या हिँसा, घुसखोरी, विकृति, विसंगतिका विरुद्ध सशक्त आवाज उठाउदै आएको मिशन नेपाल राष्ट्र निमार्ण अभियानले पछिल्लो समयमा व्यापक रुपमा संगठन विस्तार गर्न थालेको छ । सो अभियानका केन्द्रिय अध्यक्ष मानव कुमार हमाल अहिले संगठन निमार्ण तथा राष्ट्रव्यापी जनचेतना कार्यक्रम लिएर देशव्यापी दौडाहामा निस्केका छन् । सोहि क्रममा बारा पनि संगठन बिस्तार गरिएको छ। बाराको संयोजकको रुपमा अनिल वर्मा, कार्यकारी उपाध्यक्ष कोशीला देवी, उपाध्यक्ष सबिर आलम, कोषाध्यक्षमा मानिकचन साह, सचिवमा मणिर देवान, स:सचिवमा अमरेश कुमार पाण्डेय, सदस्यहरुमा अभय दुवे, दिनबन्धु कुमार साह, श्याम कुमार साह, सन्ध्या धिताल, सानी कुमार गुप्ता, उपेन्द्र कुमार पासवान, सलाहकारमा मुना प्रसाद साह लगायत १३ सदसीय समिति चयन गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अध्यक्ष हमालले दिएको जानकारी अनुसार चितवन पश्चिमदेखि सुदुर पश्चिमका लगभग सबै जिल्लाहरुमा मिशन नेपाल राष्ट्र निमार्ण अभियानले संगठन विस्तार गरिसकेको छ भने अब पर्सा, रौटहट, सर्लाही, उदयपुर हुदै पूर्वी नेपालका अन्य जिल्लाहरुमा पनि संगठन गरिने कार्यक्रम रहेको जनाइएका छन्।

अहिले जन्मिएका विभिन्न अभियन्ताहरुभन्दा पहिलादेखि नै आफूहरुले भ्रष्टाचार, तस्कर, माफिया र राष्ट्रघातीहरुको विरुद्धमा भण्डाफोर गर्दै आएको बताउदै अभियानका अध्यक्ष हमालले सर्वसाधारण, युवा, बुद्धिजीवि, ज्येष्ठ नागरिक, पत्रकार, विद्यार्थी, व्यावसायी, राष्ट्रसेवक, कर्मचारीलगायत समाजका सबै तप्का र वर्गका मानिसहरुलाई आफूहरुको अभियानका जोडिन अपिल समेत गरेका छन् । अहिले राष्ट्र अत्यन्त संकटपूर्ण अवस्थामा रहेको टिप्पणी गर्दै अध्यक्ष हमालले यो चुप लागेर बस्ने अवस्था हैन भन्दै सबैलाई सजग पनि गराएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश