CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनउद्वार केन्द्र मलेसियाले गर्यो जेलमा रहेका ७ नेपालीको उद्वार

फेटा GP PSA
1,535
सिम्रौन्गढ़ नपा psa

मलेसिया ।जनउद्वार केन्द्र मलेसियाको पहलमा जेलमा रहेका एक जना महिला सहित सात जना नेपाली स्वदेश फिर्ता भएका छन् ।

मलेसियाको पेनाङ जुरु घरफिर्ती केन्द्रमा रहेका उनिहरुलाई शनिबार हिमालयन एअरलाइन्स मार्फत स्वदेश फिर्ता गरेको जनउद्वार केन्द्र मलेसियाका केन्द्रिय अध्यक्ष केशु थापाले बताउनुभयो ।             

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जेलमा लामो समयसम्म बन्दी जीवन बिताएर स्वदेश फिर्ता हुने हरुमा क्रमशः स्याङ्गजाका लक्ष्मी नेपाली, धनगढीका बाबुराम गुरुङ्ग, दोलखाका टीका बहादुर सार्की, गोर्खाका दिपक बिश्वकर्मा , काभ्रेपलान्चोकका आशिस थापा, पर्बतका लाल बहादुर सुनार र संखुवासभाका फुर्बु सांङ्गे सेर्पा रहेका छन ।

उनिहरुलाई मलेसियाको कानुन उलंघन गरेको आरोपमा मलेसियान अध्यागमनले नियन्त्रणमा लिएको थियो ।

Karaiya Mai Notice Winter

विभिन्न कारणले जेलमा बसेर मलेसियाको कानुन बमोजिम सजाय कटाएर घरफिर्ती केन्द्रमा रहेका उनीहरुलाई परिवार तथा कम्पनीको आर्थिक सहयोगमा मलेसियाको कानुनि सम्पुर्ण प्रकिया पुरा गरि जनउद्धार केन्द्र मलेसियाको पहलमा स्वदेश फिर्ता गरिएको सचिव शंकर देव आर्चायले बताए ।

उनीहरुको टिकट २१ नोवेम्वर २०२० मा रहेको थियो तर उनीहरु मध्य केहिलाई कोरोना संक्रमण भए पछि टिकट रद्द गरिएको थियो ।

संखुवासभाका फुर्बु शेर्पाको टिकट अनलाइनबाट काट्दा प्राविधिक समस्या भए पछि जनउद्वार केन्द्र मलेसियाले त्यसको समाधान गर्दै टिकट व्यवस्थामा सहयोग गरेको थियो भने दुई जनाको टिकट कम्पनी र चार जनाको टिकट पिडितहरुका परिवार तथा आफन्तले सहयोग गरेका थिए ।

यस कार्यमा आवश्यक सहयोग गर्ने नेपाली राजदूतावास मलेसिया र पिडितहरुका परिवार तथा आफन्तजन,समाजका साधारण सदस्य,आजिवन सदस्य तथा शुभेच्छुक,सहयोगी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको जानकारी जनउद्वार केन्द्र मलेसियाका केन्द्रिय सल्लाहकार दिनेश खड्का’खप्तडी’ले दिए।     

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश