CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सँसद बिघटनको बिरोध गर्दै बारामा पुत्ला दहन

फेटा GP PSA
1,212
सिम्रौन्गढ़ नपा psa
सँसद बिघटनको बिरोध गर्दै बारामा पुत्ला दहन
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter

जनता समाजबादी पार्टीले सँसद बिघटन असँबैधानिक भएको भनि बुधबार देखि पाँच दिनसम्म आन्दोलनको बिभिन्न कार्यक्रम अन्र्तगत आज बाराको कलैयामा प्रधानमन्त्रि के पि ओलि र राष्ट्रपति बिध्यादेवि भण्डारीको पुत्ला जलाई  बिरोध प्रदर्शन गरेका छन।

 जनता समाजबादी पार्टीको झण्डा सहित पुुगेका सैयौं नेता तथा कार्यकर्ताहरुले कलैयाको सिद्धेश्वर मा बि बाट निस्केको जुलुस कलैया बजार परिक्रमा गरी भरतचौकमा आई कोण सभामा परिणत हुदै प्रधानमन्त्रि ओली सरकारको कदम असंबैधानिक रहेको भन्दै प्रदर्शन गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते सँसद विघटन गरेको भन्दै जनता समाजवादी पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रदर्शनमा जसपा नेताहरुले संसद विघटन असंवैधानिक भएकाले प्रतिनिधि सभा विघटन खारेज हुनु पर्ने माग सहित नाराबाजी गर्दै पुत्ला दहन गरेका थिए । साथै ऊनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएकोले संसद पुनर्स्थापना नभएसम्म आन्दोलन गर्ने प्रतिबद्धता समेत गरेका थिए। ‌
आज भएको कार्यक्रममा जसपा नेता तथा बिघटित प्रतिनिधि सभा सदस्य रामबाबु यादव, प्रदेस सभासद पारस साह, श्रद्धाशंकर जैसवाल , तत्कालिन समाजबादी पार्टी  जिल्ला अध्यक्ष अजय पटेल, जसपा नेत रामकिशोर यादव, सुशील यादव ,श्याम गुप्ता,संविधान सभा सदस्य प्रमोध गुप्ता,समाजबादी युवा संघ जिल्ला अध्यक्ष सुजित पाण्डेय, पचरौता नगरपािलका का नगर प्रमुख रमेश यादव, जिल्ला समन्वय समिति बाराका उप- प्रमुख पवन व्याहुत लगाएतका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश