CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

ट्राफिक र नेपाल प्रहरी को मनोपली जन्तालाई सास्ति   

फेटा GP PSA
1,498
सिम्रौन्गढ़ नपा psa

ट्राफिक र नेपाल प्रहरी को मनोपली जन्तालाई सास्ति   

    अनिल पाण्डेय
प्रसौनी गापा सामाजिक संदेश ०७८
कलैया बारा
             बारामा नेपाल प्रहरी र ट्राफिक प्रहरी चेकिङ्गको नाममा जन्तालाई परेसान गरिरहेका छन। सडक दुर्घटनामा बढि मोटरसाईकल दुर्घटना हुने गरेको छ। सडक दुर्घटना न्युनिकरण गर्नकोलागि बाटोमा मोटरसाईकल मात्र चेकजाँच गर्ने गरी नेपाल प्रहरी र ट्राफिक प्रहरी अनावश्यक दुःख दिने गरेको कलैया १४ बस्ने रामा साहले बताएकाछन्।
 नेपाली नम्बर को मोटरसाईकल चेक जाँच गर्नमा  अनावश्यक झन्झट देखाउने गरेको र पैसा असुल्ने गरेको छन। त्यहि भारतीय नम्वर प्लेट भईको मोटरसाईकल र नम्बर प्लेट स्पष्ट नरहेको तथा अगाडि वा पछाडिको नम्बर मध्ये एउटा नम्बर नरहेपनि  पहिला देखि नै सेटिङ्ग भएकोले ट्राफिक प्रहरी र नेपाल प्रहरीले कुनै किसिमको चेक जाँच नगरि पठाउने गरेको आरोप पनि साहले लगाएका छन।
 टिपर , मिनि ट्रक र ट्रेक्टरमा जति पनि ओभरलोड भएपनि कुनै किसिमको चेक जाँच नगरी मात्र मोटर साईकल लाई मात्र दुःख दिने गरेको देखिन्छ। ओभरलोडबाट दुर्घटना नहुने तर मोटरसाईकल बाट मात्र सडक दुर्घटना हुने नियत ट्राफिक प्रहरी र नेपाल प्रहरीको प्रष्ट बुझ्न सकिने देबताल गाँउपालिका बस्ने ओम यादबले गुनासो पोखेका छन।
Karaiya Mai Notice Winter
 बाराको बिभिन्न बाटो हुदै कलैयासम्म आउनेजाने गरेको भारतीय नम्बर प्लेटको टाटासुमो , स्कारपियो , बलेरो गाडीहरु दिनहु हेर्न सकिन्छ। ति गाडिहरुको न त भँसार हुन्छ न त ईन्ट्रि नै हुन्छ तर  कलैया ट्राफिक प्रहरीले पहिला नै नजराना बुझिसकेको हुनाले बिना सोधपुछको छोडिन्छ तर नेपालि जन्तालाई दुःख दिने गरेको माहागढिमाईको पप्पु यादबले जानकारी दिएका छन।
कलैया बजारमा सबैभन्दा बढि भिडभाड गर्ने अटो रिक्सा रहेको छ। अधिकाँस अटो रिक्सा चालकहरुसँग सवारी चालक अनुमति पत्र छैन। अटो रिक्सा चालक सँघको मार्फत कलैया ट्राफिक कार्यलयले महिनावारी लिदै आईरहेको हुनाले अटो रिक्साको चेक जाँच नगर्ने गरेको कलैया १३ बस्ने रामानन्द यादबले जानकारी गराएकाछन।
 कलैया बजारको ब्यापारीहरुले महिनाबारी दिने गरेककोले कलैया ट्राफिक कार्यालय भएर नै बिना हेलमेटको मोटरसाईकल गएपनि कुनै कार्वाहि नहुने तर आफ्नै गाँउघरमा केहि कामले गएको बेला स्कुटिमा हेलमेटकोलागि सँस्कार खोजि दिने गरेको गुनासो कलैया १४ बस्ने सरोज पासवानले गरेका छन।  ट्राफिक प्रहरी राकेश यादबको काम नियम हर्ने, सडक दुर्घटना न्युनिकरण गर्ने हो कि सँस्कार सिकाउने हो भनि प्रश्न पनि पासवानले गरेका छन।
 कलैया ट्राफिक पोष्ट को ईन्चार्ज नवलकिशोर साह सँग जानकारी लिँदा चेक जाँच गर्ने क्रममा कुनै किसिमको सवारी साधन होस् सबैलाई चेक जाँच गर्ने र गल्ती पाएको खण्डमा कर्वाही गर्ने बताएकाछन्। कसैले कुनै ब्यापारीसँग पैसा लेनदेन गरेको छैन तर त्यस्तो भएको प्रमाणित भयो भने कार्वाहि समेत गर्ने सई साहले बताएकाछन्।
  प्रदेश नम्वर २ के ट्राफिक कार्यालय पथलैया को प्रहरी नायव उपरिक्षक राम ढकाल सँग जनकारी लिँदा सडक दुर्घटना न्युनिकरण गर्ने जिम्मा ट्राफिकले सम्हालेका ले सबै किसिमको सवारी साधन चेक जाँच गर्न निर्देशन दिएको र जरिवाना बाहेक अनावश्यक बढि पैसा लिएको उजिरी आएमा कार्वाहि समेत गर्ने निर्देशन दिएको कुरा बताउनुभएको छ।
व्यापारी र तस्कर  को गाडीमा ओभरलोड र अटो रिक्सा सँघ बाट पाउने कमिसन वा महिनावारी उठाउने काममा ब्यस्थ रहि सरकारलाई राजश्व हेराउने उद्देश्यले आम जन्तालाइ दु:ख दिईरहेको र कार्वाहि गरी रहेको बुझाई कलैयाका बुध्दीजिवीहरुको रहेको छ। ट्राफिक प्रहरी र नेपाल प्रहरीले गरेको सवारी चेक जाँचमा एकरुपता हुनुपर्नेमा जन्ताको माँग रहेको छ।
Baiju sah