CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

कलैया ट्राफिक प्रहरी कमाउ धन्दामा ब्यस्थ

Pheta Chhath Shubhakamana
1,114
Bara Gadhi Notice winter

कलैया ट्राफिक प्रहरी कमाउ धन्दामा ब्यस्थ

अनिल पाण्डेय

कलैया बारा

प्रसौनी गापा सामाजिक संदेश ०७८


बाराको कलैयामा रहेको ट्राफिक अस्थायी प्रहरी पोष्ट आफ्नो जिम्मेबारी छोडि कमाउ धन्दामा लागेको छ। कलैया बजारबाट सयौको सँख्यामा अटो रिक्सा चल्ने गरेको छ। त्यसबाट ७० प्रतिशतबाट अटो रिक्सा चालकहरुसँग सवारी चालक अनुमतिपत्र छैन। तर पनि उनिहरुको कहिले पनि सवारी चालक अनुमतिपत्रको चेकजाँच हुदैन। अटो रिक्साले गर्दा कलैया बजारको सम्पुर्ण सडकमा भिडभाड जहिले पनि यथावत रुपमा रहन्छ ।जसको कारणले अरु सवारी साधनले सास्ती भोग्नुपरेको हुन्छ। अटोरिक्साले जथाभावी रोक्ने र पार्की गर्ने गरेकोले दुर्घटना हुने गरेको छ ।

कलैया ट्राफिक प्रहरीलाई अटो रिक्सा चालक सँघको मार्फत कलैयाबाट चल्ने सम्पुर्ण अटो रिक्सा बाराबरको महिनावारी दिदै आईरहेका छ । अटो रिक्सालाई कहिले पनि चेक जाँच हुदैन हामि निर्धक रुपले अटो चलाउने गरीरहेका छौं। कहिले काहि ट्राफिक प्रहरीले दुःख दिने गरेमा हामि सँघमा जानकारी गराउछौँ र सँघले सबै कुरा मिलाउने गरेको अटो रिक्सा चालक रतन पटेलले जानकारी गराएका छन्।

Karaiya Mai Notice Winter


कलैयाबाट भएर बाहिर जाने माछाको गाडि , तरकारीको गाडिहरुबाट ट्राफिक प्रहरीले माछा वा तरकारी लिने गरेकोछन्। जुन गाडिबाट नदिँदा अनावश्यक दुःख दिने गरेको माछा दुवानि गर्ने चालक सन्दिप जैस्वालले जानकारी गराएकाछन्।

नेपाल सरकारले सिमानाका अहिले सम्म बन्द राखेकोले भँसार कार्यालय पनि अति आवश्यक बाहेक बन्द नै रहेको छ। जसको कारणले नेपालमा चल्ने भारतिय गाडिहरुको न त भँसार गरेको कागजात हुन्छ न त ईन्ट्रि गरेको कागजात हुन्छ तर पनि बारामा छ्याप छ्यापै भारतिय नम्बरको गाडिहरु चलिरहेको पाईन्छ। ति गाडिहरुलाई बारामा छुट छ तर नेपालि गाडिलाई यो कागजात छैन , त्यो कागजात छैन भनि अनावश्यक दुःख दिई पैसा असुल्ने काम ट्राफिक प्रहरीले गर्दै आईरहेको कलैया उपमाहा नगरपालिका २ बस्ने प्रभु यादबले गुनासो गरेका छन।

कलैयाको हार्डवेयर पसल , किराना पसल तथा पलाई पसल लगायत ठुलो ब्यापारीहरुसँग ट्राफिक प्रहरीले महिनाबारी लिने गरेको हुनाले उनिहरुको गाडिमा जति पनि ओभरलोड भएपनि ट्राफिक प्रहरी केहि गर्दैन्न तर आम जन्ताले कहिले काहि गाडिमा समान ल्याउँदा औनलाईन बिल छैन, भ्याट बिल छैन, ओभरलोड छ भनि अनावश्यक दुःख दिने गरेको र पैसा लिने गरेको चिउटाहा बस्ने सुनिल रामले बताएकाछन्।

कलैया अस्थायि ट्राफिक प्रहरी पोष्टका ईन्चार्ज नवल किशोर साहसँग कुरा गर्दा पहिला जस्तो अहिले छैन। अहिले हामिले मात्र डियुटि गरिरहेका छौ। त्यस्तो केहि नभएको बताएकाछन्।

व्यापारी र तस्करको गाडीमा ओभरलोड र अटो रिक्सा सँघ बाट पाउने कमिसन वा महिनावारी उठाउने काममा ब्यस्थ मात्र रहेकोले ट्राफिक प्रहरीलाई कार्बाहि गर्ने निकाय मौन किन बसेको हो भनि कलैयाका बुध्दीजिवीहरुले प्रश्न गरेका छन। माथीलो निकायवाट नै पैसा उठाउने र जनतालाई दु:ख दिनका लागि ट्रफिक प्रहरीलाई पठाएको हुन सक्ने बाराका नागीक अगुवाहरूको बुझाई रहेको छ ।

Baiju sah