![Devatal Chhath](https://www.cinnepal.com/wp-content/uploads/Devtal-shubhakamana.jpg)
![Bara Gadhi Notice winter](https://www.cinnepal.com/wp-content/uploads/2024/07/Bara-Gadhi-Notice-Final.gif)
बाराको कलैयमा काँग्रेसको विरोध र्याली (जुलुस) सम्पन्न
रमेश साह
![प्रसौनी गापा सामाजिक संदेश ०७८](https://www.cinnepal.com/wp-content/uploads/2021/11/Prasauni-Gaupalika.jpg)
कलैया बारा
![](https://www.cinnepal.com/wp-content/uploads/2020/12/FB_IMG_16091710878563469-300x225.jpg)
प्रधानमन्त्री के. पि. शर्मा ओली द्वारा गरिएको संसद विघटन असंवैधानिक अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारको विरुद्ध आज बाराको कलैयामा नेोालि कांग्रेसको विशाल बिरोध र्याली ( जुलुस) प्रदर्सन भएको छ ।
![Karaiya Mai Notice Winter](https://www.cinnepal.com/wp-content/uploads/2024/07/Karaiya-Mai-Gaupalika-Notic.gif)
![](https://www.cinnepal.com/wp-content/uploads/2020/12/FB_IMG_16091707737402133-300x169.jpg)
नेपाली काग्रेस क्षेत्र न. ३ को सभापति मुकेश कुश्वाहाको नेतृत्व मा कलैया नगर बजार बाट निस्केका सो बिरोल र्याली पुरै कलैया बजार परिक्रमा गरि भरतचौकमा आई कोणसभा मा परिणत भएको छ ।
![](https://www.cinnepal.com/wp-content/uploads/2020/12/FB_IMG_16091708953544764-300x225.jpg)
कोणसभा लाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेस केन्द्रिय सदस्य एवम् पुर्व श्रम मन्त्रि फरमुलाह मंसुरले प्रधानमन्त्री के पि ओली द्वारा चालिएको संसद विघटन काे कदम असंवैधानिक, अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारी सिद्ध भई सकेको छ । ओलीले जुन प्रकारको नेपाली जनताले बनाएको संरचनालाई भाँचेको छ । अब नेपाली जनता कहिले पनि माफ गर्दैन । आज राजतन्त्र बाट लोक तंत्र ल्याउनमा सबै जना मिलेर ल्याउन सक्षम भएकाथियौ । संविधानमा कतै न लेखेको,कानुनी प्रक्रियामा न भएको र आफ्नो सल्लाहकार सङ्ग न सोधी जुन यो कदम चालेको छ ।यो एउटा ठूलो गल्ती हो । नेपाली काँग्रेस जुन कि सही बिपक्षको भुमिका निर्वाहगरी रहेको बेला ओलीको कदमले नेपाली काँग्रेसलाई पनि झुकाउन कोसिस गर्यो तर मेरो चाईलेन्ज छ । कुनै पनि पार्टी ले नेपाली काँग्रेसलाई झुकाउन सक्दैन । हामी संसद बहाली गराएर नै छाडछौ । भनि आफ्नो मन्तब्यमा बताएका छन्।
बारा क्षेत्र न ३ को सभापति मुकेश कुश्वाहा
अध्यक्षतामा भएको सो कोणसभामा पुरषोतम पान्डे कलैया उपमहानगर पार्टी अध्यक्ष, देबेन्द्र उपाध्या जिल्ला सह सचिव, फुलमहम्मद मंसुर ३ के (ख) अध्यक्ष , रामानन्द यादव युवा नेता, कलावती पसवान पुर्ब राज्री मन्त्री लगायतका नेताहरुले आफ्नो मन्तब्य राखेका थिए।
![Baiju sah](https://www.cinnepal.com/wp-content/uploads/2024/07/Messenger_creation_87266e67-cb29-48a3-8237-118d766a3566.jpeg)