CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

निर्वाचन तोकेकै मितिमा हुनेछ – नेजद अध्यक्ष साह

Pheta Chhath Shubhakamana
1,134
Bara Gadhi Notice winter

निर्वाचन तोकेकै मितिमा हुनेछ – नेजद अध्यक्ष साह

कलैया बारा

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

केपी ओलीको सरकारले निर्वाचन तोकेकै मितिमा हुनेछ नेपाली जनता दलका केन्द्रीय अध्यक्ष हरिचरण साहले ठोकुवा गर्नु भएको छ । कलैया उपमहानगरपालीका वडा नम्वर ५ घुसुकपुरमा कार्यकर्ताहरूलाई निर्वाचनको तयारीमा जुटन प्रशिक्षण दिदै साहले निर्वाचनको मिति तोकेकै समयमा हुने बताए । आफ्नो पार्टीले समाजिक न्याय पाउनु पर्ने मुद्दा न्यायपालीका , कार्यापालीका , प्रहरी प्रशासन सबैमा लागू हुनु पर्ने माँग सहितको चुनावमा जान तयारी गरि रहेकोले जित सुनिचत हुने अध्यक्ष साहले जानकारी गराए ।

 

नेपाली जनता दलका बारा अध्यक्ष सत्यनारायण महतो बारामा रहेको चारवटै क्षेत्रमा संघिय संसदमा सहभागिता हुन जनताको विश्वास दिलाउने उमेदवार लडाउन तयारीमा लागेको प्रशिक्षण कार्यक्रममा जनकारी दिनु भएको छ । १६ वटै पालिकामा पार्टीको सदस्यता सहितको समिति विस्तार गर्ने कार्यमा लागि परेकोले बैशाखमा हुने निर्वाचनमा आफ्नो पार्टीको उमेदवार विजयी हुने पका रहेको बताएका हुन । २०५१ साल देखि नेपाली जनता दलले जनताको अधिकारको लागि अवाज उठाउदै आईरहेको कार्यक्रममा जानकारी गराईएको छ ।

 

प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य प्रेमचन्द्र यादव , बारा सचिव विनोद प्रसाद कुशवाहा , सर्लाही जिल्ला सचिव अमरकान्त झा लगायतकाले कार्यकर्ताहरूलाई प्रक्षिण दिएका थिए ।

Baiju sah