CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कबहिगोढ नाक‌ाबाट प्रहरी कै सहकार्यमा रातभरी तस्करी हुदै ः गापा अध्यक्ष यादव

फेटा GP PSA
1,370
सिम्रौन्गढ़ नपा psa

कबहिगोढ नाक‌ाबाट प्रहरी कै सहकार्यमा रातभरी तस्करी हुदै ः गापा अध्यक्ष यादव

अनिल पाण्डेय
कलैया बारा
बाराको कबहि गोढको नाका हुदै दिनहु तस्करीको कपडा , हार्डवेयर , बैट्रि , राँगाभैसि , किराना समान , कस्टमेटिक , मटर तस्करी भईरहेको छ ।
तस्करीको मालसमान कबहि गोढको सन्तगँज नाका , लँगडाटोला नाका , पच्चगछिया नाका,सोलखपुर , र अरु स- सना नाका हुदै दिनहु तस्करी भईरहेको पाईन्छ। रातिको समयमा समय हेरफेर गरी बाईक स्कटिङ्गमा कबहिबाट गँजभवानिपुर सम्म पुर्याउने गरेको श्रोतले जानकारी दिएको छ।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
कबहि गोढ नाकाबाट कपडाको तस्करी गर्ने शोहन ,  चन्देश्वर , सोनालाल , खेना  , बिनोद , बिन्दा यादव , श्रीप्रसाद  र ओमप्रकास लगायतको तस्करहरु  छन । मकदम शेख लगायत पशुरामपुर बाट कम्तिमा दसले राँगाभैसि को तस्करहरु छन। प्रभु यादब , शम्भु यादव ,संजय साह र लालप्रसाद लगायतका तस्करहरुले किराना समानको तस्करी गर्छन। मोहमदिन र रामबाबुले मुर्गाको तस्करी गर्छन । भारतको कटगेनवामा ओमप्रकाश गुप्ता आलु प्याजको गढि राखि सबैभन्दा बढि आलु प्याजको तस्करी गर्छन। तस्करहरु सयको नै  हराहरीमा तस्करीको काम गर्दै गर्दा पनि प्रहरी मुख दर्शक बनेको छ।
Karaiya Mai Notice Winter

तस्करी गर्ने कपडा ब्यापारी सोहनसँग कुरा गर्दा आफु लोकल प्रहरी र समान काहाँबाट काँहा र कुन बाटो जाने मात्र हेरीरहेको जानकारी दिएका छन। हाम्रो गिरोहको नायक खेना हो र उहाँको निगरानिमा नै हामि काम गरीरहेको जानकारी पनि दिएकाछन।

 

तस्कर गर्ने अर्को कपडा ब्यापारी खेनासँग कुरा गर्दा म तस्करी नगरेको दिनभरी घरमा नै बस्ने गरेको छु । मेरो बारेमा गलत समाचार पत्रिकामा छापिएको छ । त्यो समाचारको लागि सम्बन्धित निकायमा जाने र जिल्लाको ठुलो पत्रकारहरु मेरो बारेमा कहिले पनि पत्रिकामा नछापेको र भेटेको बेला रु पाँच सय देखि रु एक हजारसम्म दिनेगरेको पनि बताएका छन। सोहन को हो कहाको हो भनेर चिन्थिन र मेरो जानकारीमा नरहेको कुरा पनि खेनाले जानकारी गराएका छन।
आलु प्याज ब्यापरी गुप्तासँग कुरा गर्दा अहिले पनि मैले आलु प्याज नेपालतिर पठाईरहेको छु। तपाईहरु जे गर्नु हुन्छ त्यो गर्नुस मलाई केहि फरक पर्दैन किनभने मैले सबै सेटिङ्ग गरेको छु।
ईलाका प्रहरी कार्यालय कबहिगोढको ईन्चार्ज सई श्यामबाबु यादबसँग कुरा गर्दा सिमानाका सशस्त्र प्रहरीको कमाण्डमा रहेको छ। नेपाल प्रहरी  समाजमा भएको झै झगडा सल्टाउनमा नै ब्यस्थ रहने गरेको छ। सन्तगँज नाकामा चेकपोष्ट नै बनाउन गईरहेछु। भारतबाट मदिरा ‌सेवन गर्ने आउने मान्छेहरुको त्याहाँ बढि झै झगडा हुने गरेको छ।
सशस्त्र प्रहरी बिओपि कबहिगोढको ईन्चार्ज नरायण सिंह ऐरीसँग कुरा गर्दा यहाँ त्यस्तो केहि छैन। भारतबाट स-सना  समानहरु आएको पक्राउ गर्दा यहाँको जनप्रतिनिधि लगायत गाँउपालिका अध्यक्षसमेतको प्रेसर आउन थाल्छ। जसको कारण काम गर्न एक दमै अपठ्यारो भएको छ।
सुवर्ण गाँउपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवसँग कुरा गर्दा प्रहरीले पैसा लिई रातभरी तस्करी गराएको हो। दसगँजामा प्रहरीको टोलि ठाँउ ठाउँमा बसिरहेको बेला कसरी भारतबाट समानहरु आयो ? दसगँजामा पैसा लिई छाड्ने अनि यहाँ कबहि बजार वा सिमानाका भन्दा दस किलोमिटर भित्र नेपालमा समात्न मिल्ने यो कस्तो कानुन हो भनि प्रश्न गरे। दसगँजाबाट प्रहरीले पक्राउ गरेको कुनै पनि समानमा आफु सिफारिस नगरेको वा यहाँको जनप्रतिनिधि नगएको प्रष्ट पारे तर हाम्रो बजार क्षेत्र बा नेपालको भित्रि भागबाट यहाँको जन्तालाई दुःख दिने नियतले गरेको कामकार्वाहि स्विकार नगर्ने पनि गापा अध्यक्ष यादवले बताएका थिए।
जिल्ला प्रहरी कलैया बाराको प्रहरी प्रमुख कृष्ण पँगेनिसँग मोबाईल फोनमा सम्पर्क गर्दा मलाई त्यस्तो किसिमको जानकारी नभएको र हामि खटिरहेका छौं फेला परेको बेला पक्राउ पनि गरीरहेका छौँ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश