CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अश्लील गीतलाई प्रतिबन्ध लगाउन गरुडा नपालाई ज्ञापन

फेटा GP PSA
2,301
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट ।।  रौतहट जिल्लाको विभिन्न सार्वजनिक ठाँऊमा अश्लील भोजपुरी गित बजिरहेकोले त्यस माथि प्रतिबन्ध लगाउन आज गरुडा नगरपालिकामा ज्ञापन बुझाईएको छ । मानव अंगका विभिन्न किसिमको दोहरो अर्थ लाग्ने अश्लिल भोजपुरी गितहरु जथाभावी तरिकाले सार्वजनिक स्थानहरुमा चर्को अवाजमा बज्ने गरेकोले त्यो समाजको लागि अपाच्य हुने भएकोले पत्रकार चञ्चल कुमार झा र अजित कुमार कर्णले संयुक्त रुपमा गरुडा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीलाई कार्यकक्षमै ज्ञापन बुझाईएका छन् ।

ज्ञापन पत्र बुझे पछि पन्थीले यस्ता विकृतिलाई बढावा दिने दिने अश्लील गीत माथि प्रतिबन्ध लगाउन जरुरी रहेको बताए । गरुडा नगरपालकिाको ९ वटै वडाहरु अन्र्तगत विभिन्न सार्वजनिक स्थानहरुमा ठुलो स्वरमा ध्वनी प्रदुषण कै रुपमा बजीरहेको डि.जे.साउण्ड र मानव अंकका विभिन्न किसिमको दोहरो अर्थ लाग्ने अश्लील भोजपुरी गितहरु जथाभावी तरिकाले बज्ने गरेकोले त्यसमाथि प्रतिबन्ध लगाउन जरुरी रहेको ज्ञापन पत्र मार्फत त्यस्तो गितहरु मथि गरुडा नगरपालिकामा प्रतिबन्ध लगाउन आग्रह गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

समाजमा विकृति फैलाउने दोहरो अर्थ लाग्ने अश्लिल भोजपुरी गितहरु ठाँउ ठाँउमा बजिरहेकोले नगरपालिकाका स्थानिय बासिन्दाहरु र खासगरि गृहणी महिला तथा विद्यालय जाने महिला विद्यार्थीहरु लगायतकालाई धेरै नै हिंसाबोध भएको देखिएकोले प्रतिबन्ध लगाउन ज्ञापन पत्र दिएको अभियन्ता झाले बताए ।

विकृति मुक्त,अपराध मुक्त नगर, हाम्रो चाहना रहेकोले त्यस्ता विकृति फैलाउनेहरु माथि कार्यबाहीको कदम चाल्दै दुईटा अर्थ लाग्ने अश्लील भोजपुरी गितहरुलाई र चर्को स्वरको डि.जे. साउण्डलाई नगर भित्र बजाउन प्रतिबन्ध लगाउनको लागि ध्यानाकर्षण गराइएको अभियानमा संलग्न पत्रकार अजित कर्णले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश