ओलिले गल्ति सच्याए पार्टी एक जुट हुन्छ : प्रमुख अतिथि पैडेल
रमेश साह
कलैया बारा
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रचण्ड-नेपाल पक्ष कलैया उपमहानगर पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम बारा जिल्ला नेकपा पार्टी कार्यालयमा उपमहानगर अध्यक्ष तथा जिल्ला कमिटी सदस्य जवाहिर अंसारिको अध्यक्षतामा समपन्न भएको छ।
संघियाता धर्मनिर्पेक्षता खारेज गर्न पार्टिमा आफू अन्कुलता हुनु नसक्ने कहिले सुन्न नसकने,आफनो गुटका मुठी भरका मान्छेलाइ लिएर हिडने ओलि गर्दा पार्टिले रोक्न खोजदा पार्टी फोडने कार्य तिर लमकनु भएको हो वहाँ आफनो गलती सच्चाए हामी पार्टिमा एक जुटका ढोका खुला नै रहेको स्थाइ कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेल प्रमुख अतिथीको रुपमा भनाइ राखेका थिए।
संविधानको कुनै धारा मै नभएको कार्य केपि ओलिले गरेको त्यसको घोर भर्त्सना गरेकाछन्। आम नागरिकको अवाज दबाउन खोजिदैछ त्यो कहिले मान्य नहुने केन्द्रिय सदस्य तथा बारा सह-इन्चार्ज बिशिस्ट अतिथी गोपाल ठाकुरले बताए थिए।
उक्त कार्यक्रममा केन्द्रिय सदस्य दिनेश राई,जिल्ला अध्यक्ष तथा प्रदेश कमिटी क्षेत्र बहादुर श्रेष्ठ पुर्ब खेलकुद मन्त्री पुर्षोतम पौडेल प्रदेश कमिटी सदस्य शिव चन्द्र कुश्वाहा,देबेन्द्र पराजुली,राजन पौडेल,प्रभु यादव,छटु यादव,रबि दंगाल,गिता कडेल,बिरगंज महानगर अध्यक्ष रहबर अंसारी जिल्ला कमिटी सदस्य देवनारायण चौधरी,महम्मद सम्मिउलाह,हसनजान अंसारी,धुर्ब यादव,आबिद हुसैन अंसारी लगाएतका उपस्थित रहेको थियो।उक्त कार्यक्रम जिल्ला कमिटी सदस्य तथा उपमहानगर सचिव मुकेश साहले सँचालन गरेका थिए।