नेपाल बिशेष परिस्थितिमा प्रतिनिधि सभा भँग भएको हो :उपप्रधानमन्त्रि पोखरेल
अनिल पाण्डेय
कलैया बारा
नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले
पार्टीमा चुनावबाट निर्वाचित भएका पार्टी अध्यक्ष केपीशर्मा ओली लाई झन्डै दुई तिहाईको बहुमतबाट प्रधानमन्त्रि बनाएकाहरुले नै ५ बर्ष नबित्दै ३ बर्षमा नै प्रधानमन्त्री र अध्यक्षबाट हटाउने सडयन्त्रको बिरोधमा ओलीले संसद बिघटन गरि ताजा जनादेशमा जानका लागि मार्ग प्रस्शत गरेको टिपणि गरेका छन् । खास गरेर तराई मधेसका जनताहरुलाई आफनो दैनिक ब्यवहार चलाउन देखि लिएर बिहेबारीमा जान समेत अप्ठयारो हुने गरेको चाडै नै कोभिड १९ का कारण नेपाल र भारतसंग जोडिएको सबै नाकाहरु खुलाउने उपप्रधानमन्त्रि पोखरेलले बताउनुभएको छ । नेकपा बाराले आयोजना गरेको बृहत जिल्ला भेलालाई कलैयामा सम्बोधन गर्दै उपप्रधानमन्त्रि पोखरेलले नेकपालाई कमजोर एवम बिभाजनका लागि उभिएका प्रचण्ड, माधव नेपालका बिरोधमा डटेर समना गर्न सुझाव दिएका छन्।
सोहि कार्यक्रमको बिषेश अतिथी मधेसमा विकास प्रेमिको रुपमा चर्तित रहेका शहरी बिकास मन्त्री प्रभु साहले प्रदेश नम्बर २ मा लुटतन्त्र अथवा खुल्लम खुल्ला भष्टचारीहरुको सरकार रहेको आरोप लगाउदै मधेसी जनताहरुलाई तिनीहरुले ठगी रहेको आरोप लगाए । कसैको दायाले होईन आत्म विस्वासले अगाडी बढे लक्ष्यमा पुग्ने भन्दै प्रदेश २ मा बिकासको गतिलाई नेकपाको सरकारले नै ल्याउने दावी गरेका थिए ।
सोही कार्यक्रमलाई कानुन मन्त्री लिलाराज श्रेष्ठले सम्बोधन गर्दे न्यालयलाई कमजोर पार्ने खेलहरु भई रहेको हुदा त्यसो नगर्न सबैलाई आग्रह गर्दै सम्मान गर्न सुझाव दिए । नेकपाका स्थाई समिति सदस्य रघुबिर महासेठ, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, केन्दिय सदस्यहरु ज्याला कुमारी साह, राजकुमार गुप्ता , धरी साह , उमेश कुश्वाहा प्रदेश सभा सद महम्मद समिर , त्रिलोकि चौधरी लगायतका नेताहरुले आमसभालाई सम्बोधन गरेका थिए । बाराको छिमेकि जिल्ला पर्सा र रौतहटबाट पनि नेकपाको कार्यकार्ताहरु उपस्थिती रहेको सो कार्यक्रम नेकपाका बारा जिल्ला ईन्चार्ज बलबीर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त कार्यक्रम अच्छुत मैनालीले सञ्चालन गरेको थिए ।