CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जसपाको नगर समायोजन समिति सिम्रौनगढमा गठन

फेटा GP PSA
1,354
सिम्रौन्गढ़ नपा psa
जसपाको नगर समायोजन समिति सिम्रौनगढमा गठन
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सबिर आलम

बारा
 आज सिम्रौनगढमा जनता समाजवादी पार्टी नेपालको नगर समिति समायोजन वडा न.7 स्थित रहेको जसपा कार्यालयमा सम्पन्न भएको छ।सिम्रौनगढ नगरपालिका जसपा नगर अध्यक्ष किशोरी  प्रसाद जयसवालको अध्यक्षता तथा प्रमुख अतिथि जसपाका केन्द्रिय सदस्य जियालाल ठाकुरको आतिथ्यमा समायोजन कार्यक्रम सम्पन्न भएको हो।
अध्यक्षमा किशोरी प्रसाद जयसवाल,वरिष्ठ उपाध्यक्षमा पन्नालाल प्रसाद कुशवाहा,उपाध्यक्ष मा हेमचन्द्र प्रसाद,उपाध्यक्षमा रीमा देवी कुशवाहा,सचिवमा सियाराम प्रसाद यादव,सह-सचिवमा राजकिशोर प्रसाद कुशवाहा,कोषाअध्यक्षमा बिन्दु देवी यादव ,सदस्यहरुमा प्रेम प्रसाद यादव ,मिश्रीलाल कुशवाहा,दिपेन्द्र गुप्ता,अब्बास अन्सारी ,शेषनाथ कुशवाहा,सिताराम ठाकुर ,नन्दकिशोर प्रसाद  जयसवाल,लक्ष्मीनरायन साह,विजय कुमार जयसवाल,रामबाबु प्रसाद यादव,सिकिन्द्र महारा,रामजन्म कुशवाहा गरी ८१ सदसीय नगर समिति समायोजन गरेको हो।
विशिष्ट अतिथि जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य डा.कमरुल्लाह अन्सारीले जनताले बनाएको दुई तिहाईको सरकारलाई के.पी. ओलीले जनताको मतदानलाई अपमान गरेका छन्।  के.पी. ओली अहिले सम्मको असफल प्रधानमन्त्री रहेको र अहिले आफ्नो लाज पचाउनको लागि आन्दोलन गरी राखेको बताएका छन्।
एकात्मक ,समान्तवादी,एकाधिकार शासन चलाउन खोजेको आरोप लगाउनु भयो । साथै प्रतिनिधि सभा विघटन गरेको विरोध सबै भन्दा पहिला जनता समाजवादी पार्टी नेपालले गरी विरोधको कार्यक्रमको घोषणा गरेको छ।  सडकमा आन्दोलित भएको स्मरण गराउदै जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभा पुर्ण बहाल गर्दै जनताको हक अधिकार सन्सोधन गर्नु पर्छ र अधिकारका लागि जनतालाई अगाडि आउनु पर्छ भनि आग्रह पनि अँसारीले गर्नुभएको  थियो ।
त्यस्तै विशिष्ट अतिथि जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य रामबाबु प्रसाद यादवले कार्यकर्ताको खटाई र मुल्यांकनको आधारमा पार्टी शुद्धिकरनलाई ध्यानमा राखी पार्टीको समायोजन भएको छ। साथै भोली देखी मुल्यांकन ,विश्लेषण गर्दै पार्टीको कार्यक्रमलाई अगाडि बढाउन निर्देशन र छुटेका साथीहरुलाई पछि व्यवस्थापन गरिने कुरा बताउनु भयो । साथै सरकारको असम्बैधानिक कदमलाई  विरोध गर्न कलैयामा भएको विरोध कार्यक्रममा सहभागीताको लागि पनि आग्रह गर्नु भएको थियो तथा सासद पुर्ण नहाल गर्नको लागि पनि के.पी.ओलीलाई आह्वान गरेका थिए।
केन्द्रिय सदस्य जियालाल ठाकुरले के.पी ओलीको मन्त्री मन्डल सँविधान विपरीत बनेको हुनाले देशभरीको जनताले कडा भन्दा कडा विरोध गर्ने  र साँसद पुर्ण बहाली हुनु पर्ने माँग गर्नु पर्नेमा जोड दिदै आग्रह गर्नु भएको थियो ।
उक्त समायोजन कार्यक्रममा विशिष्ट अतिथि  डा. कमरुल्लाह अन्सारी ,रामबाबु प्रसाद यादव ,रिमा देवी कुशवाहा वृजकिशोर यादव , अतिथिमा वाडा अध्यक्ष राजेश यादव , खुशीलाल ,सुमित जैसवाल ,मन्जुर अन्सारी ,रामबहादुर पटेल ,उषा पटेल , तथा पार्टीका कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो भने उदघोषण प्रदेश सभा “ख”का क्षेत्रीय अध्यक्ष बाराका डा. प्रमानन्द मुखियाले गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश