

प्रमोद न्योपाने, पोखरा ।
नेपाल कम्यूनिष्ट पाटीको राष्ट्रिय राजनिती लथालिंग हुदां जिल्ला हुदै वडा सम्म पानी बाराबार देखियको छ । नेकपा कास्कीमा समेत फुटको राजनिती स्पष्ट छ नेता कार्यकर्ता तानातानमा ओलि पक्ष र दाहाल(नेपाल समुह हात धोयर लागेका छन् । पाटी बिभाजन पछि ओलि पक्षले केही दिन अधि नेकपा नेता टोप बहादुर रायमाझी, खगराज अधिकारी,पृथ्बि सुव्वा गुरुंग लगायतको उपस्थितीमा पोखरा सभागृहमा भेला गरेको केही दिनमै दाहाल नेपाल पक्षले पोखराको एक पाटी प्यालेसमा माधव नेपाल,प्रचण्ड र नारायणकाजी श्रेण्ठको उस्थितीमा प्रदेस स्तरिय कार्यकर्ता भेला गरेर काउण्टर दिएको छ ।
कुनै बेला माओवादीको दवदवा हुदां ने क पा एमालेको संगठन दिउसै लाइट बालेर खोज्नु पर्ने अवस्था थियो तर समयले माओवादीलाइ ने क पा एमालेले पछिल्लो स्थानीय निर्वाचनमा शून्यमा झारिदियो । ने क पा एमालेले रुपा,मादी र माछापुचछ्रे गाउ पालिकामा जित पारेको थियो भने अन्नपूर्ण गाउपालिकामा नेपाली कांग्रेसले जित हात पारेको थियो त्यसै गरी स्थानिय निर्वाचनमा पोखरा महानगरपालिकाको ३३ वडा मध्य नेकपा एमालेले २२ वडामा जित हात पार्दा ने क पा माओवादी खालि हातमा चित्त बुझायो ।


ने क पा एमाले हुदां नै ओली पक्षको दवदवा रहेको कास्कीमा पाटी फुटले खासै असर नगरेको दावी ओली पक्षले गरेको छ । कास्कीमा के पी ओली पक्षका पुर्व स्वास्थ्य मन्त्री नेता खगराज अधिकारीको पक्कड रहेको छ जसमा पुर्व मन्त्री जगत बि क, बिधा भटराइ अधिकारी, जिल्ला कमिटि अध्यक्ष कृष्ण थापा, मियर मान बहादुर जिसी,उप मियर मन्जु गरुंग,युवा नेता दिलिप न्यौपाने,राजिव पहारी,दामोदर बैरागी,दर्शन लामा जस्ता चरर्चित नेता रहेका छन् भने दाहाल नेपाल समुहमा नेताहरु तुल बहादुर गुरुंग, सिता गिरी, श्रीनाथ बराल,चुडामडी जंगलि, धनराज आर्चाय, पूर्ण लामा, राजकाजी गुंरुग, बखानसिंह तमु, गायत्री तमु, रामजी बराल, दिपक कोइराला लगायत प्राय पूर्व माओवादीका नेताहरुले दरिलो साथ दिएका छन्। कतिपय नेता कार्यकर्ताहरु भने अदालत र निर्वाचन आयोगको निर्णय पछि मात्र कित्ता काट गर्न सक्ने देखिएको छ ।
पाटी फुटले कतिको भाग्य फिरेको छ सामान्य जिल्लाका कार्यकर्ताले समेत ओली पक्ष ने क पा को केन्द्रिय सदस्य हात पारे। नेता कार्यकर्ता जोगाउन बाडेको केन्द्रिय सदस्य पदले जिल्ला भित्र असन्तुष्टि समेत देखा परेको छ। ओलि पक्ष भित्र समेत मुख्य मन्त्रि पृथ्वि सुव्वा गुरुंग र खगराज अधिकारीको आ आफ्ना समुह रहेकाले केन्द्रिय सदस्य अझ बड्न सक्ने सम्भावना छ। जनप्रतिनीधि,राजनितिक नियूक्ति,केन्द्रिय सदस्य र जिल्लाका कार्यकारी पद समेत एकै व्यक्तिले ओगट्न नहुने एक थरि नेताहरुको गुनासो आउनुले कास्कीको राजनितीमा राजधानिको समेत चासो बडी देखिएको छ ।
पाटी फुटले कस्लाइ कस्तो प्रभाव पर्छ समयले देखाउला तर तत्काल भने ओलि पक्ष कास्कीमा बलियो देखिएको भए पनि आन्तरिक समिकरण मिलाउन सकेन भने नतिजा सोचें जस्तो नआउने देखिएको छ । दाहाल नेपाल समुहको खासै संगठनमा बलियो नदेखिय पनि ओलि समुहलाइ क्षति पुर्याउन भने काफी रहेको छ ।
