CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

बिगतका प्रतिबध्ता दोहरीयाउदै बाराको नयाँ प्रहरी उपरीक्षक

फेटा GP PSA
601
सिम्रौन्गढ़ नपा psa
बिगतका प्रतिबध्ता दोहरीयाउदै बाराको नयाँ प्रहरी उपरीक्षक
अनिल पाण्डेय
प्रसौनी गापा सामाजिक संदेश ०७८
कलैया बारा
Karaiya Mai Notice Winter

बारामा आउने प्रहरी प्रमुखहरु जस्तै अहिले आएको प्रहरी  प्रमुख  दिपेन्द्र शाहिले पत्रकार भेटघाटमा बोल्दै अपराध  न्यूनीकरण ,तस्करी  नियन्त्रण , लागुऔषध नियन्त्रण , साईबर अपराध  न्यूनीकरण गर्नुको साथै  न्याय सम्पादनमा कसैलाई  कांखापाखा  नगर्ने  र आम नागरिकलाई शान्ति  सुरक्षाको प्रत्याभूति दिलाउनु पहिलो दायित्व रहने आफू  प्रतिबद्ध रहेको बताउनुभएको छ ।

 जिल्ला प्रहरी  कार्यलय द्वारा आज आयोजित  पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले राखेको जिल्लाको समसमायिक  बिषय बस्तुमा केन्द्रित रहि प्रहरी  प्रमुख  शाहिले  पत्रकार र प्रहरी  बिचको  सम्बन्ध  मधुर राख्ने साथै पत्रकार र उनका परिवार प्रती आईपर्ने चुनौती समस्यालाई समाधान गर्न कटिबद्ध रहने बताएका थिए।
राजनैतिक   दबाबमा प्रहरीले बादी र प्रतिबादी दुबै पक्षको दोहोरो  मुद्दा दर्ता गर्ने  परिपाटी बन्द गर्नु पर्ने पत्रकारहरुले सल्लाह सुझाव दिइएको थियो ।   जिल्लाको शान्ती सुरक्षा  चुस्तदुरुस्त गर्नुको साथै स्व : पत्रकार  बिरेन्द्र शाहको हत्यारा  मध्ये एक जना अझै खुल्याम घुमिरहेको अवस्था  रहेकोले पक्राउ गर्न पत्रकारहरुले जिज्ञासा राखेको थिए । बारा जिल्लाको विभिन्न ठाउँहरुलाई लागुऔषध ओसारपसारको ट्रान्जिट  प्वाइन्ट बन्दै गएकोले लागुऔषध तस्करी नियन्त्रणमा बारा प्रहरीले अझै चनाखो रुपले काम गर्नु पर्ने  पत्रकारहरुले राखेको जिज्ञासालाई प्रहरी प्रमुख शाहिले  त्यसतर्फ  अनुगमन गर्ने मातहतका प्रहरी युनिटलाई  निगरानी बढाउनु पर्ने बताए ।
बिगत झै यस पालि पनि प्रतिबध्ता गर्नु भएको जिल्ला प्रहरी प्रमुख शाहिले कतिको सफल्ता पाउनु हुन्छ । बिगतको प्रहरी उपरीक्षक जस्तै नहोस जिल्ला बासीले शान्तीको प्रत्याभुति र तस्करीमा कमि होस भनि आशा पनि कलैयाको बुद्धिजिबिहरुले गरेका छन।
Baiju sah