CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बालबालिकाहरूलाई बोर्डिङ्ग आफ्नो स्वार्थको लागि दुरूपयोग गर्दै 

फेटा GP PSA
659
सिम्रौन्गढ़ नपा psa

बालबालिकाहरूलाई बोर्डिङ्ग आफ्नो स्वार्थको लागि दुरूपयोग गर्दै 

प्रभु यादव

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया बारा

बालबालिकाहरूलाई जुन सुकै पनि कार्यक्रममा अन्धिकार रूपमा संस्थागत विद्यालयले प्रयोग गरीरहेको छ । नेपाल सरकारले बालमैत्री बनाउन अनावश्यक काममा नलगाउन र अनावश्यक प्रयोग गरेर दुरूपयोग नगर्नका लागि खर्वो रूपेया खर्च गरेर सचेतना दिएको सबै सरकार प्रमुखहरूलाई अवगत नै छ ।

बालबालिकालाई कुनै पनि काम काजमा लगाउन पाईदैन भनि हाम्रो देशमा कानुन बनेको छ। बाल बालिकाको अधिकारलाई सँरक्षण गर्न देश बिदेशको धेरै जसो आईएनजिओ र एनजिओहरु काम गरीरहेका छन। तर त्यसको चुनौती दिदै बाराको संस्थागत बोर्डिङ्ग स्कुलहरुले दिई रहेका छन।

 

Karaiya Mai Notice Winter

आज बाराको प्रसौनि गाँउपालिकामा राईजिङ्ग सन् गोल्ड कप फुटबल प्रतियोगिताको फाईनल खेलमा पनि बालबालिकाहरुलाई ल्याई दर्शकको माझमा मनोरञ्जनको साधन बनाईएको छ। राईजिङ्ग सन्  इंगलिस बोर्डिङ्ग स्कुलले खेलको मैदानमा नै डिजे साउण्डमा स-सना बालबालिकालाई नचाई  मनोरंजन दिने गरेको छ। आफ्नो बोर्डिङ्ग स्कुलको नाम प्रचलित गराउन सोहि स्कुलको प्रिन्सपल तथा गोल्ड कपका अध्यक्ष मार्क डीक्रुजले मनोरञ्जनको साधनको रुपमा बालबालिकालाई प्रयोग गरेका छन।

 

बकुलिया ११ बकुलिया  र बीरगंज युथ एकेडेमी बीरगंज बीच शनिवार  भएको  खेलमा स्थानिय सरकार प्रसौनी गाउपालीकाको अध्यक्ष भोला गुप्ताको प्रमुख अतिथियतामा भएको थियो त्यसमा मनोरंजनको लागि बालबालिकाहरूलाई डिजेमा नचाउदा ताली बजाउदै थिए  । खेलको मध्यानतरमा  र खेलको अन्तिममा गाँउपालिका अध्यक्ष लगायत वडा अध्यक्षहरुको उपस्थितमा नै दर्शकहरुलाई बालबालिकाबाट मनोरञ्जन गराईएको थियो।

 

गाँउपालिका अध्यक्ष भोला गुप्तासँग कुरा गर्दा बोर्डिङ्ग स्कुलको आयोजनामा नै खेल भएको हो। बालबालिका पनि सोहि बोर्डिङ्ग स्कुलको भएकाले प्रयोग गरीएको छ। यो सधारण  कुरा छ। यसलाई सकारात्मक लिनुपर्यो ।

 

 

बाराको प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालसँग कुरा गर्दा बालबालिकालाई समाजिक कार्य जस्तै स्काउटको कुनै कार्यक्रम तथा बालमैत्रि कुनै कार्यक्रम छ भने प्रयोग गर्न सकिन्छ। तर यस्तो प्रदर्शन तथा अरु कुनै कार्यमा प्रयोग गर्न पाईदैन । प्रसौनी  गाँउपालिका अध्यक्षसँग बुझि के कसो छ भनि जानकारी लिने पनि प्रमुख जिल्ला अधिकारी नेपालले बताउनु भयो।

 

यसरी नै जुन सुकै कार्यक्रममा बाल बालिकाहरुलाई प्रयोग गर्नु तथा मनोरञ्जनको साधन बनाउनु आफैमा लाज मर्दो कुरा रहेको छ । बालबालिकाको शिक्षाको लागि अभिभावकहरु महङ्गो शुल्क तिरी बोर्डिङ्ग स्कुल पठाउने गरेको छ। तर बोर्डिङ्ग स्कुलका प्रिन्सपलहरु तथा शिक्षकहरु आफ्नो बोर्डिङ्ग स्कुलको ख्याति प्राप्त गर्न प्रयोग गरीरहेकोले सम्बन्धित निकायहरु किन ध्यान पुर्याउन सकेका छैन्न भनि समाजसेवि दर्शकहरुले प्रश्न गरेका छन। संस्थागत विद्यालय बोर्डिङ्गहरूको एन एप्सन बाराको अध्यक्ष प्रभु कुशवाहसंग बुझन खोज्दा अाफ्नो कार्यक्रम छ भने बालबालीकाहरूको मनोवल बढाउन लगिने गरिन्छ तर बहिरको ठाउमा मनोरंजनको रूपमा लगाउन अलि नमिलेको हुनक्छ बताउनु भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश