CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लेप्रोसी सम्बन्धि बाराको सँचारकर्मिहरुसँग एक दिने अन्तरक्रिया सम्पन्न

फेटा GP PSA
593
सिम्रौन्गढ़ नपा psa
लेप्रोसी सम्बन्धि बाराको सँचारकर्मिहरुसँग एक दिने अन्तरक्रिया सम्पन्न
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
यु के आईडिको सहयोगमा बाराको सदरमुकाम कलैयामा लेप्रोसी कुष्ठरोग तथा हातिपाईले रोग बारे बाराका सँचारकर्मिहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाराको सभाहलमा सम्पन्न भएको कार्यक्रममा कुस्ठरोग आँखाले देख्न नसकिने माईक्रोब्याक्टेरिया लेप्रे नामको सुक्ष्म किटाणु बाट सर्ने गरेको आयोजक सँस्था द लेप्रोसी मिसन नेपाल कार्यक्रमका बारा, पर्सा र रौतहट सँयोजक त्रीलोक कुमार मण्डलले जानकारी गराउनुभयो ।
Karaiya Mai Notice Winter
कुष्ठरोग छाला र स्नायुमा असर पुर्याउने एक प्रकारको सरुवा रोग हो । मण्डलले समयमै यसको पहिचान भयो भने सँस्थाले निशुल्क उपचार गराउने र आउने जाने यातायात खर्च पनि दिने बताएकाथिए । सँस्थाले कुष्ठरोग बारे लक्षण देखापरेमा हामिलाई सम्पर्क गर्न बताए । नेपालमा हाल ३२८२ जना कुष्ठरोगिले औषधि खाईरहेका छन । जसमा पुर्ण रुपले अशक्त २ जना रहेकाछन । प्रदेश २ मा सब भन्दा बढी कुष्ठरोगको प्रभाव रहेको मण्डलले बताए ।
बारामा मात्र हाल ७२ जना कुष्ठरोगिले औषधि सेवन गरीरहेको संस्थाको बारा जिल्ला सामुदायिक सहजकर्ता गिता नेपालले जानकारी दिएकी थिईन  । साथै कुष्ठरोगिहरुले छ महिना देखि एक बर्ष औषधि सेवन गर्दा निको पनि हुने नेपालले बताएकि थिईन।
पत्रकार महासँघ बाराका पुर्ब उपाध्यक्ष राकेश पाण्डेको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ कार्यालय बाराका शन्कर गुप्ता लगायत बाराका २५ जना सकृय सँचारकर्मिहरुको सहभागिता रहेको थियो ।
 समुदायमा कोहि पनि ब्यक्तिलाई कुष्ठरोग लागेको सँका भए कुनै पनि भेदभाव नराखि चेक अप गराउनु पर्नेमा प्रमुख अतिथि पाण्डेले जनाए । पाण्डेले सबै सन्चारकर्मिले बाराबाट कुष्ठरोग लाई निर्मुल पार्न मिलेर अगाडि बढनुपर्नेमा जोड दिए
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश