CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सुवर्ण गाँउपालिकाले बिशेष गाँउ सभावाट ४८ करोडको बजेट प्रस्तुत

फेटा GP PSA
532
सिम्रौन्गढ़ नपा psa
सुवर्ण गाँउपालिकाले बिशेष गाँउ सभावाट ४८ करोडको बजेट प्रस्तुत
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter

बाराको सुवर्ण गाउपालिकाको आव २०७७/०७८ को छैठो बिशेष गाउँ सभा आज सम्पन्न भएको छ । गाउँ सभामा उपाध्यक्ष बबिता यादबले आ. व. ०७७/०७८ को अर्ध वार्षिक वास्तविक आय व्यय प्रस्तुत गर्नु भएको थियोे । चालु आ.व. ०७७/०७८ मा कुल बजेट रु ४८ करोड १७ लाख ४ ९ हजार ८ सय ६० रुपैया ३२ पैसा विनियोजन भएकोमा चालु तर्फ रु २७ करोड ५५ लाख ६ ९ हजार ८ सय ४६ रुपैंया ३२ पैसा रहेको सभा मा उपाध्यक्ष यादवले बताउनु भयो । गाउँपालिका को कुल बजेट मध्ये पुँजिगत तर्फ २० करोड ६१ लाख ८० हजार र १४ रुपैंया रहेको र पुँजीगत तर्फ वास्तविक खर्च १ करोड ७० लाख ३९ हजार २ सय ८६ रुपैया खर्च भएको छ । एकिकृत चालु र पँजिगत आय व्यय कार्यक्रम अनुसार अनुसूचि २ मा राखिएको सभा मा बोल्दै उपाध्यक्ष यादवले जानकारी दिनु भयो ।

गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादबको अध्यक्षतामा सम्पन्न बिशेष गाँउसभामा प्रमुख अतिथि प्रदेश सभा सदस्य बच्चा यादब रहनुभएको थियो । विशेष अतिथि पुर्व साँसद राम अयोध्या प्रसाद यादब, गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत नवीन श्रीवास्तव, जसपाको जिल्ला उपाअध्यक्ष धर्मबिर यादब, वडा नम्बर १ देखि ८ सम्मका अध्यक्षहरु क्रमशः हरिचन्द्र प्रसाद महतो, रन्जित यादब, महेन्द्र राउत अहिर, सतेन्द्र यादब, रामएकबाल कल्वार, शिवधारी दास तत्मा, बिजय सिंह र शफुल्लाह मिया कुजडा लगायत गाउँपालिकाको सबै कार्यपालिका सदस्य लगायत सुरक्षा कर्मि सशस्त्र प्रहरी निरिक्षक नरायण सिंह ऐरी र नेपाल प्रहरी सहायक निरिक्षक शयामबाबु यादवको उपस्थिति रहेको थियो ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश