CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कालो झण्डा लहराउदै मजबिस द्वारा सहिद दिवस मनाइयो

फेटा GP PSA
815
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

कालो झण्डा लहराउदै मजबिस द्वारा सहिद दिवस मनाइएको छ। २०७२ को आन्दोलन पश्चात् हरेक वर्ष सहिदहरुको सम्झनामा सहिद बाटिका निर्माण गरि सहिद दिवस मनाउने गरिन्छ। उक्त आन्दोलनमा भएका सहिद तथा जिउदो सहिदहरु लाई बोलाएर सम्मान पनि गर्ने गरेका छन् । मधेश जनविद्रोह समितिले आयोजना गरेको मधेशी शहिदहरुको सम्झनामा बारा जिल्लाको परवानीपुर गाउपालिकाको वडा न. ५ को वडा कार्यालय अगाडी गण्डक बहुअरीमा एक सांस्कृतिक कार्यक्रम अन्तरगत खुल बिरोधाभाषको आयोजना गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा मधेश आन्दोलनका शाहादत प्राप्त शहिदहरु प्रति श्रद्धाञ्जली अर्पन गर्दै मौन धारण गरिएको थियो । सो अवसरमा शहिदहरुको सम्झनामा स्थानिय कालाकारहरुले आफ्ना प्रस्तुतीमा खुला रुपमा सरकाको गतिविधि प्रती बिरोध गर्दै गीत प्रस्तुत गरेका थिए । स्थानीय कलाकार धुरेन्द्र सहनी (लाठिफाठा वाला) र लालबाबु पटेलले एक दर्जन भन्दा बढी गीत प्रस्तुत गरेका थिए। गीतहरूमा मात्र केन्द्र सरकारको हैन बरु मधेस सरकार तथा स्थानीय सरकार लाई समेत सांगीतिक गाली गरिएको थियो।

कार्यक्रममा पर्सा बगहीका जिउँदा शहिद मुन्सी पटेल र मनियारीका उपेन्द्र यादवलाई सम्मान स्वरुप खाद्यान्न र कम्बल समितिका केन्द्रिय सदस्य अजय पटेलले प्रदान गरेका थिए।

Karaiya Mai Notice Winter

सहिदहरुको रगतमा यक्षवंसका राजा रावण झै व्यवहार गर्दै राजनीति गरिरहेको कार्यक्रम संयोजक पटेलले आफ्नो मन्तव्य राखेका थिए। जसको रगत बाट आफू कुर्सीमा बसेका राजा महाराजाधिराजहरुले उसैलाइ वेवास्ता गर्दै जगत जननी माता सिताको जन्मभुमिमा आफ्नै जनता लाई बलात्कार गरिरहेको समेत खुला मञ्चमा उद्द्घोष गरेका थिए। हालको संसद बिघटन गरि आफ्नो निजि स्वार्थमा लिप्त भएर पाच वर्षमा हुने चुनाव आज फेरि चुनावको खर्च जन्ताले रगत पसिनाले कमाएको राषी जनताको टाउकोमा थुपार्ने कार्यको घोर बिरोध पटेलले गरेका थिए।

मधेशी शहिदहरुले दिएको बलिदानीलाई आफुहरुले कहिल्यै नविर्सिने र समितिले हरसम्भव राहतका प्याकेज सँगै जिउँदा शहिद एवम शाहदत प्राप्त शहिदहरुका घरघरमा पुग्ने गरेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तर्ता दिने पटेलको धार्णा रहेको बताए । समितिले हरेक वर्ष यस्ता कार्यक्रम मार्फत हरेक जनता माझ एउटा संदेश दिने प्रयास गरिरहेको छ जुन सम्पुर्ण नेपालीको हितमा रहेको छ। त्यो नभए सम्म कुनै जन्ता सुखी वा समृद्धि हुन नसक्ने प्टेलले ठोकुवा गरेका थिए। ती संदेश भनेको केही मुद्दाहरु हरेको छ जुन सबैले बुझ्ने र जान्नै पर्ने रहेको छ। समग्र मदेश प्रदेश एक स्वायत्त प्रदेश, आत्मनिर्नयको अधिकार, पुर्न समानुपातिक जनसंख्याको अधारम निर्वाचन क्षेत्र, भौगोलिक भाषिक संस्कार संस्कृतिको प्रत्याभुती पर्यावरण को संरक्षण लगायतको मुद्दा रहेको पटेलले बताए। समग्र मधेस एक स्वायत्त प्रदेश नभए सम्म पहाद र हिमाल पनि समृद्ध नहुने पटेलले ठोकुवा गरेका थिए।

मधेशी शहिदहरुको बलिदानीले कुर्सी पाएका मन्त्रीलेहरुले नै शहिदहरुको घरमा भईरहेका पिडा र समस्या बारे कुनै चासो नलिइकन आफुलाई साह्रै दुख लागेको कुरा व्यक्त गर्नुभयो । शहिदहरुको सम्झनामा साझ दिव प्रजवलन समेत गरिएको थियो ।

कार्यक्रममा समितिका ललन पटेल, गणेश पटेल स्थानीय भद्र भलादमिहरु लगायत संचारकमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण मुन्ना ठाकुरले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश