CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनमत पार्टी पर्सा का प्रशिक्षण तथा जिम्मेवारी ग्रहण कार्यक्रम सम्पन्न

फेटा GP PSA
509
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, पर्सा।

डा. सिके राउत नेतृत्वको जनमत पार्टी, पर्साले जिल्ला स्तरीय नेता-कार्यकर्ताका लागी नेतृत्व प्रशिक्षण तथा जिम्मेवारी ग्रहण कार्यक्रम संम्पन्न भएको छ । प्रमुख प्रशिक्षकका रुपमा कार्यक्रमका प्रमुख अतिथी एवं जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले पार्टीको उद्देश्य, निती, रणनिती र पार्टीको अनुशासान बारे बुझाउँदै आगामी दिनमा पार्टीका नेता कार्यकर्ता लाई आ-आफ्नो जिम्मेवारी इमान्दारी साथ निभाउनका लागी प्रोत्साहित गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

त्यसैगरी नेतृत्व प्रशिक्षकका रुपमा पार्टी जिल्ला संयोजक संतोष कुमार साहले संगठनमा नेतृत्वका लागी आवश्यक व्यक्तिगत गुण बारे चर्चा गरेका थिए । साथै, उनले पार्टीमा जो कोही इमान्दार र जिम्मेदारी पूर्वक कार्य गरेमा भविष्यमा आफ्नो भूमिका र स्थान आफै सृजना गर्न सकिने बताए। आगामी स्थानीय चुनावमा बाजी मार्ने रणनितीका साथ संगठन विस्तार गर्ने र पार्टी लाई मजबुत पार्ने काममा नेता-कार्यकर्ताहरु पूर्ण समर्पित भई लागेको प्रति जिल्ला इन्चार्ज साहले सबैको प्रशंसा समेत गरेका थिए।

उक्त कार्यक्रममा पुर्व जिल्ला इन्चार्ज सुजित चौरसिया, जनमत पार्टी पर्सा का महिला अध्यक्ष अनिता रौनियार, पार्टी का केन्द्रिय सदस्य बसन्त कुशवाहा, अब्दुल खाना, पार्टी का महिला नेत्री शबु खातुन लागायत बिभिन्न स्थानिय तहका नेता कार्यकर्ताहरुको उलेख्निय सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश