CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

फेटालाई राजपुरको राहत

फेटा GP PSA
2,144
सिम्रौन्गढ़ नपा psa

हरेन्द्र साह, रौतहट ।।  बारामा आएको विनाशकारि हावाहुरीका कारण घरबार गुमाएका फेटा गाउँपालिकामा रौतहटको राजपुर नगरपालिकाले राहत सहयोग गरेको छ ।
राजपुर नगरापालिकाका मेयर शकिल अख्तरको निर्देशनमा मंगलवार राहत सहयोग भएको हो । नगरपालिकाले हावाहुरिबाट बढी जनधनको क्षति भएको फेटा गाउँपालिकामा राहत सहयोग गरेको छ । राजपुर नगरपालिकाका मेयर शकिल अख्तरले प्रभावित क्षेत्रको निरिक्षण गरि गाउँपालिकाको वडा नम्बर ६ का वडा अध्यक्षलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

Karaiya Mai Notice Winter

नगर प्रमुख लगायत निमित्त प्रमुख प्रशासकिय जगत प्रसाद साह, जिन्सी स्टोरका कर्मचारी कौशर आलम र वडा अध्यक्ष सहितको टोलिले प्रभावित क्षेत्रका पिडितहरुका लागि चामल १५ क्विन्टल, दाल ३ सय ७५ के.जि., नुन २ सय ५० के.जि., प्याज १ सय ९५ के.जि., खाने तेल १ सय २० लि., कम्बल ४८ पिस र पातलो ज्याकेट ३८ पिस राहत सामग्री वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश