CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराका सिमानाका तस्करीमा नाम कमाउदै प्रहरी मुख दर्शक

फेटा GP PSA
389
सिम्रौन्गढ़ नपा psa

बाराका सिमानाका तस्करीमा नाम कमाउदै प्रहरी मुख दर्शक

अनिल पाण्डेय

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया बारा

तस्करहरुले अहिले बाराको मुशहर्वा , बलिरामपुर , मटिअर्वा , कबहि गोढ , बेनौलि र सिम्रौनगढ नाका भएर लाखौको बराबरको भन्सार छलेर अबैध रुपमा लत्ता कपडा , हार्डवेयर , जुता चप्पल , गाई भैसि भित्रयाउने गरेको पाईएको छ।  भैसी ल्याउदा देखि लिएर कपडा समेतमा सिमा नाकामा खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले पैसा असुल्ने काम गरी रहेका छन्।

अहिले बाराको बलिरामपुर मुशहर्वा नाकाबाट दैनिक रातीको समयमा भारतबाट लत्ता कपडा , हाडयेवर , गाई , भैसी  लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा भित्रयाउने गरेपनी बारा जिल्लाका नाकाहरुमा बसेका नेपाल प्रहरी रकम बुझेर आखाँमा पट्टी बाधेर चुप लागेर बस्ने गरेको पाईन्छ । मटिअर्वा नाकाबाट सुर्ती, राजनिवास, , रजनीगंधा, लत्ताकपडा , कुखुराको चल्ला , हार्डवेयर लगायत समानहरु रातभरी तस्करी भईरहेको प्रत्यक्षदर्शिहरु बताउँछन साथै सिमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी लक्ष्मि मोहमा परेका पनि बताउँछन।

Karaiya Mai Notice Winter

त्यस्तै कबहिगोढ , बेनैलि र सिम्रौनगढ नाकाबाट दैनिक लाखौं रुपैया बराबरको तस्करी भईरहेको छ। तस्करले दिन रात उक्त नाकाहरु बाट दैनिक रुपमा गाई , भैसी , सुर्ती, राजनिवास, , रजनीगंधा, लत्ताकपडा , कुखुराको चल्ला , हार्डवेयर , कष्टमेटिक समान तस्करी भई रहेको पाईन्छ।

जिल्लाको टोलि सिमानकाबाट बेला बेलामा तस्करीको समान समात्ने गरेको पाईन्छ तर त्यहि सिमानाकाहरुमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करी रोक्न नसक्नु मा आफै प्रश्न चिन्ह खडा भएको बुद्धिजिबिहरु चिया पसलहरु कुरा गर्ने गरेको पाईन्छ।

बाराको बलिरामपुर , मुशर्हवा , छतवा , मटिअर्वा , बसतपुर , सन्तगँज , सन्फुलवा , पँचगछिया , पठालवा घाट , कोहलपुर , अमरपट्टी , बसवरीया ईत्यादि  नाका प्रयोग गरी रातभरी कपडा , हाडयेवर , रजनिगंधा तुलसि , भैसी , चल्ला तस्करी भइरहे पनि सो नाकाको प्रहरीहरुले केही कडाई गरेका छैन्न।  ति नाका प्रयोग गरी नेपाल ठुल ठुला बजार सम्म तस्करीको समानहरु पुगे पनि सिमानाकामा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई केहि जानकारी हुदैन। जसले गर्दा सशस्त्र प्रहरी र नेपाल प्रहरी माथी नै प्रश्न चिन्ह खडा भएको छ ।

बाराको बलीरामपुर मुशहर्वा नाक हुदै बाराको परवानिपुरसम्म , मटिअर्वा नाका हुदै कलैया सम्म , बसतपुर , सँन्तगँज , सन्फुलवा , र पँचगछिया नाका हुदै बरियापुर , भवानिपुरसम्म  र पठालवा घाट , कोहलपुर , अमरपट्टी , बसवरीया नाका हुदै कोल्भि , निजगढ सम्म तस्करीको समानहरु पुर्याउने गरेको स्थानियहरु बताउने गरेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश