CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

“खेलेगा मधेश खिलेगा मधेश” नाराको साथमा हरेक पालिकामा खेल मैदान बन्दै :- प्रमुख अतिथि यादब

फेटा GP PSA
514
सिम्रौन्गढ़ नपा psa
“खेलेगा मधेश खिलेगा मधेश” नाराको साथमा हरेक पालिकामा खेल मैदान बन्दै :- प्रमुख अतिथि यादब
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
बाराको करैयामाई गाउँपालिका वडा न.७ मा अवस्थित सृजनशिल युवा क्लब पिपराद्वारा पंचगछिया खेल मैदानमा जारी पाँचौ  पिपरा गोल्ड कपको उदघाटन गर्दै प्रदेश नम्बर २ का अर्थ राज्यमन्त्री उषा कुमारी यादबले “खेलेगा मधेश खिलेगा मधेश” नाराको साथमा हरेक पालिकामा खेल मैदान बन्दै गरेको बताउनुभयो। देशमा भईरहेको राजनितिक उथलपुथलले संघियता नै खतरामा पर्ने भएको छ। देशमा संघियता लागु भएकोले नै सम्पुर्ण जातजातिको प्रतिनिधित्व भएको हो। भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कतिवटा भ्रष्टाचार अभियोग लागेका ब्यक्तिलाई नै नियुक्त गरिएकोमा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भनि प्रश्न पनि अर्थ राज्यमन्त्री यादबले गरेकि छिन।
Karaiya Mai Notice Winter
पाँचौ पिपरा गोल्ड कपको उदघाटन कार्यक्रमको अध्यक्षता सृजनशिल युवा क्लब पिपराका अध्यक्ष बृजमोहन चौधरी गरेका थिए भने करैयामाई गाँउपालिकाको गाँउपालिका अध्यक्ष भुनेश्वर धामि लगायतका बक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रममा स्वागत मन्तब्य सृजनशिल युवा क्लब पिपराका सचिव सर्मिला धामीले गरेकि थिईन भने कार्यक्रम संचालन जितेन्द्र चौधरी ले गरेका थिए।
 पाँचौ  पिपरा गोल्ड कपको पहिलो दिन श्री सृजनशील युवा क्लब पिपरा र बिरगंज युथ एकेडेमी बिरगंज पर्सा बिच भएको उद्घाटन खेलमा ० को बिरुद्ध २ गोलले बिरगंज युथ एकेडेमी बिरगंज पर्सा बिजय भएको छ। सानो दि बक्समा फल हुदा ट्राइब्रेकर हान्न मौका पाउदा  बिरगंज युथ एकेडेमी बिरगंज पर्साका जर्सी न. १५ का आदित्य साख्यले खेलको पहिलो चरणको २४ मिनेट बित्दै पहिलो गोल गरेका थिए भने जर्सी न.१९ का म्याकसले खेलको दोश्रो चरणको ३८ मिनेट जाँदै दोश्रो गोल गरेका थिए । जर्सी न.१५ का आदित्य साख्यलाई सिल,मेडल तथा प्रमाणपत्र प्रदान गर्दै खेलको म्यान अफ दि म्याच घोषित गरिएको हो।
 अनुमानित २१ लाखको लागतमा भइरहेको पाँचौ  पिपरा गोल्ड कपमा नव जन-जागृति युवा क्लब सिमरा बारा , हेटौंडा एकेडेमी मकवानपुर , सशस्त्र प्रहरी एपीएफ क्लब बर्दिबास महोत्तरी , गोलबजार प्रतिभा क्लब गोलबजार सिरहा , गतवर्षको बिजेता युनाइटेड क्लब बिरगंज पर्सा र बाग्मती ११ सर्लाही गरि अझै ६ वटा टिमहरुको सहभागी रहको छ। शुक्रबार हुने खेलमा सशस्त्र प्रहरी एपीएफ क्लब बर्दिबास महोत्तरी र गोलबजार प्रतिभा क्लब गोलबजार सिरहा बिच मैत्रि पुर्ण खेल हुने जानकारी आयोजक क्लबका अध्यक्ष बृजमोहन चौधरीले दिएकाछन ।
प्रतियोगिताको बिजेताले नगद रु २ लाख ५ हजार सहित सिल , मेडल तथा प्रमाणपत्र र उपबिजेताले नगद रु १ लाख ५ हजार सहित सिल , मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएको छ। यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई अयोजकले नगद रु  ५ हजार सहित सिल , मेडल र प्रमाण-पत्र समेत प्रदान गर्ने जानकारी पनि आयोजकले दिएको छ। फागुन ६ गते बिहिबार देखि सुरु भएको खेल १५ गते शनिबार फाईनल खेल हुने  र उक्त खेलमा महिलाहरुको लागि निशुल्क खेल हेर्न पाईने बेवस्ता मिलाइएको आयोजक समितीले जानकारी दिएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश