CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चक्रपात भुमरी पिडित परिवारलाई “मा” द्वारा राहत वितरण

फेटा GP PSA
2,364
सिम्रौन्गढ़ नपा psa

वीरगंज ।।  चैत्र १७ गते को साझ आएको चक्रपात भुमरी पिडित परिवारलाई राहत सामाग्री वितरण गरिएको छ। पिडितहरुलाई मधेसी एसोसिएसन ईन अमेरिका (मा)ले राहत वितरण गरेको छ । बाराको भलुवही, भरवलिया, पुरैनिया, खटुवालगयातको प्रभावित क्षेत्रमा ‘मा’को टोलिले शोमबार देखि राहत तथा खाद्यान्न सामग्री वितरण गरेको हो ।

भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफको नेतृत्वमा गएको टोलिले शोमबार देखि बाराका विभिन्न प्रभाती क्षेत्रहरुमा पुगेर घरदैलो गर्दै लगभग ८ सय परिवारलाई राहत तथा खाद्यान्न सामग्री वितरण गरेको छ । भिजिट मधेस नेपालले ‘मा’द्वारा संचालित राहत वितरणमा स्वयंसेवकको रुपमा सहयोग गरिरहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

‘मा’ले उपलब्ध गराएको सहयोगबाट तत्काल आवश्यक पर्ने राहत र खाद्यान्न सामाग्री लिएर हामि बारा जिल्लाका प्रभावित क्षेत्रहरुमा हिजो देखि नै खट्दै छौं, वरिष्ठ उपाध्यक्ष सतेन्द्र साहले भने, ‘हाल सम्म हामीले बाराको भलुवही, भरवलिया, पुरैनिया, खटुवालगयातको प्रभावित क्षेत्रका लगभग ८ सय परिवारलाई तत्काल आवश्यक पर्ने राहत सामाग्री उपलब्ध गराएका छौं ।’ साहले मधेसलाई आवशयकता परेको बेला ‘मा’ हरपल सहयोग गर्न तैयार रहेको बताए । 

Karaiya Mai Notice Winter

त्यसैगरि ‘मा’ का प्रवक्ता प्रमोद (राज) सर्राफले हाल सम्म ‘मा’ले ४ लाख भन्दा पनि बढि रकमको त्रिपाल, सुत्ने म्याट, झुल, बाल्टिन, खाद्यान्नलगयातको राहत सामाग्री उपलब्ध गराई सकेको जानकारी गराए । उनले राहत वितरण कार्यलाई अहिले केहि दिन अझै निरन्तरता दिने बताएका छन् । सर्राफले आश्यकता अनुसार’मा’ले स्वास्थ्य सिविर संचालन र पुनर्निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हामि नेपालमा आएको समस्यालाई समाधान गर्न तत्पर छौं, सर्राफले भने, ‘अहिले तत्कालको जरुरतलाई मध्यनगर गर्दै सहयोग उपलब्ध गराएका छौं, थप आवश्यकता परे हामि तैयार छौं, स्वास्थ्य सिविर संचालन होस् या पुनर्निर्माण ‘मा’ सहयोग गर्न उप्बल्ध हुन्छ ।’

‘मा’का नेपाल प्रेस सल्लाहकार तथा वरिष्ठ पत्रकार अनुराज अनन्त, भिजिट मधेसका स्वयंसेवक पकज पटेल, मुन्ना सर्राफ, रवि गुप्ता, स्वास्थ्यकर्मी अनिश कुशवाह, धिरेन्द्र जैश्वाल, विनोद साह, दिपु बरनवाल, नितेश बरनवाल, श्याम सर्राफ, जय साहलगयातको टोलिले राहत वितरणमा सहयोग गरेको भिजिट मधेसका राष्ट्रिय संयोजक सर्राफले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश