CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अन्तराष्ट्रिय १११ औ नारी दिवसको उपलक्ष्यमा आज जनचेतनामुलक रैली तथा नारी सम्मान कार्यक्रम सम्पन ।

फेटा GP PSA
1,016
सिम्रौन्गढ़ नपा psa

सैलेस गुप्ता २४ फालगुण पोखरिया ः–

अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आज जनचेतनामुलक रैली तथा नारी सम्मान कार्यक्रम पोखरीया नगरपालिकामा सम्पन भएको छ । पोखरीया नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा १६ जना स्वास्थ्यकर्मी, ४ जना छात्रा र २ जना महिला सुरक्षकर्मीहरुलाई पोखरीया नगरपालिकाले सल ओढाई सम्मान गरेको हो ।कोरोना भाईरसको महामारीमा आफनो ज्यानलाई प्रभाव नगरी कोरोनाबाट बच्न आमसर्वधाराणका लागी रातदिन काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षकर्मी र बिधार्थीहरुलाई सम्मान गरिएको पोखरीया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले बताउनु भएको छ । १ सय ११ औ नारी दिवसको उपलक्ष्यमा भएको कार्यक्रममा उपप्रमुख सलमा खातुनले महिलाहरुको अगामी योजनाहरु पनि घोषणा गर्नु भएको छ । कक्षा १० मा उत्कृष्ट ५ जना बालिकाहरुलाई ३० हजार, २० हजार र १० हजार दिने, ११ कक्षाका उत्कृष्ट ३ जना बालिकालाई ३० हजार , २० हजार र १० हजारको दरले पुरुस्कृत गर्ने, कक्षा १२ का ३ जना उत्कृष्ट बालिकालाई ५० हजार, ३० हजार, २० हजार पुरुस्कृत गर्ने तथा उच्च शिक्षा हासिल गर्न जाने उत्कृष्ट २ जना मध्ये १ जना छात्र र १ जना छात्रालाई ६० हजारको दरले पुरसकृत गर्ने घोषणा गर्नु भयो । साथै कृषक महिला, उधमी महिला, एकल महिला, तथा महिला पत्रकारलाई पनि आउने नारी दिवसमा सम्मान तथा पुरस्कृत गर्ने घोषणा गर्नु भयो । पोखरीया नगरपालिकामा पहिलो चोटी भएको यस्तो कार्यक्रम अब निरन्तरता पाउने घोष्णा गर्नु भयो । सम्मान र पुरस्कृत हुने गाउघरमा रही उल्लेखनिय काम गरेका धेरै जना रहेकोले अब त्यस्ता ब्यक्तित्वलाई सम्मान गर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी तथा पोखरीया नगरपािलकाका प्रमुख दिपनारायण रौनियारले महिला बिना पुरुष अधुरो हुने भएकोले महिलालाई सम्मान गर्न नभुल्ने बताउनु भएको छ । ईतिहास गवाही छ सिताको सहयोगले रामको नाम अगाडी आयो भने पार्वतीको सहयोगले शंकर भगवानको नाम अगाडी प्रचलीत भयो त्यस कारण महिलाको सहयोग बिना नपुरुष अगाडी बढन सक्छन नत्र देश नै अगाडी बढन नसक्ने भएकोले नारी बिना सारा काम अधुरो हुने बताउनु भयो । कार्यक्रममा वडाअध्यक्ष लक्ष्मण साह कानु, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक दिपक थापा, शशस्त्र प्रहरी निरिक्षक प्रमोद राय, स्वास्थ्य संयोजक कौशलेन्द्र मिश्रा, बालबालिका शिक्षिका उषा देवी चौहान लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

CIN NEPAL

आजको नारी दिवसमा सम्मान हुनेहरुमा स्वास्थ्य शाखाबाट सिमा साह, सुनिता राई, सपना पटेल, आचल कुमारी पाण्डे, रेणु तिवारी, रेन्जु मिश्रा, संगीता कुमारी दास, किरण दास, श्यामा देवी कर्ण, सिता यादव, सिवानी रिमाल, खुश्बु मिश्रा, सचिन दास, चिंता यादव, गुंजा चौधरी, गंगा बिष्ठ, मिना देवी, ईलाका प्रहरी कार्यालय पोखरीयाकी असई पुजा मिश्रा र लक्ष्मी श्रेष्ठ र ४ जना छात्राहरुलाई सम्मान गरिएको थियो । २ वटा बिधालयलाई सेनेटरीपैड पनि बितरण गरिएको थियो । कार्यक्रमलाई सहजीकरण नरेन्द्र साह कानुले गरेका थिए भने पोखरीया नगरपािलकाकी उपप्रमुख सलमा खातुनको अध्यक्षतामा र प्रमुख दिपनारायण रौनियारको प्रमुख आतिथ्यमा सम्मपन भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश