CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

बिकासको आधार  सहकारी रहेको : नगरप्रमुख यादव

फेटा GP PSA
445
सिम्रौन्गढ़ नपा psa
बिकासको आधार  सहकारी रहेको : नगरप्रमुख यादव
अनिल पाण्डेय
प्रसौनी गापा सामाजिक संदेश ०७८
कलैया बारा
सहकारी संस्था  लिमिटेड बरियारपुर बाराले आयोजना गरेको मलखाद बीउ बिजन पुन : बिक्री  बितरण संचालन उदघाटन प्रमुख  अतिथि माहागढिमाई नगरप्रमुुख उपेन्द्र प्रसाद यादव ( उपन ) आज एक कार्यक्रम बिच उदघाटन गर्नु भएको छ। उदघाटन कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख यादबले संघ ,प्रदेशले सहकारी  संस्थाहरुलाई उपेक्षा गरेको आरोप लगाउनु भएको थियो । आजको परिवेशमा बिकासको आधार  सहकारी रहेकोले यसको समृद्धि प्रती  ध्यानाकर्षण बढाउन आग्रह  गर्नु भएको थियो ।
Karaiya Mai Notice Winter
  बिगत १५ बर्ष देखि जिर्ण अवस्थामा रहेको सहकारी  संस्था लिमिटेडलाई पुन : सुचारु गर्न नगरपालिकाले रु १० लाख सहयोग गरेको र सहकारी संस्था लिमिटेडको लागि नगरपालिकाले करोडौं रकम सहयोग गर्ने बताउनु भएको छ ।
 कृषकहरुको लागि चाहिने उन्नत जातको बिउबिजन ,मलखादको अभाव सृजना  कहिले पनि हुन नदिने  प्रतिबद्धता समेत  जाहेर गरेका थिए ।
 माहागढीमाई नपा २ स्थित रहेको सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्ष  बिजय स्वर्णकारको सभापतित्वमा  समपन्न उदघाटन कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रिय  सद्स्य उपेन्द्र  जैसवालले सहकारीको मर्म सिद्धान्त  अनुसार सहकारीलाई अगाडि  बढाउनु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा  नगर प्रमुख  उपेन्द्र प्रसाद यादवले  डिएपी मलखाद स्थानीय कृषक मिथलेस चौरसियालाई बिक्रि  गरेर शुरु गर्नु भएको थियो । कार्यक्रममा माहागढीमाई नगरपालिकाको  प्रमुख   प्रशासकिय अधिकृत  रमेश राज रिमाल , सल्लाहकार भैयाराम यादव , वडा अध्यक्ष  बिरेन्द्र चौरसियाले  शुभकामना  मन्तव्य व्यक्त  गरेका थिए । सो अवसरमा सहकारी संस्था लिमिटेडको पदाधिकारी , कृषकहरूको सहभागिता रहेको र संचालन  बिरेन्द्र यादवले गर्नु भएको थियो ।
Baiju sah