CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अरुको झगडा आफू पिसिदै नेशा खातुनका परिवार जन : मिलोमतोमा रिहा

फेटा GP PSA
2,116
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।
अरुको झगडा आफू पिसिदै नेशा खातुनका परिवार जनको भनाइ  रहेको छ। करिब आज भन्दा एक महिना पहिलाको घटना हो, जुन समान्य कुरा लाई लिएर झैझगडा भएको थियो। तर त्यो झैझगडा गर्नेहरू अरु जनाको घराको अगाडी गरि रहेका थिए। खातुनका परिवार जनले भने मेरो घरको अगाडी झैझगडा गरि होहल्ला नगर सोही कारण पुरानो रिसिभिले मुद्दामा रहेका ४३ प्रतिवादी वर्षीय नुरैन अंसारी लगायतकाले पुर्व योजना अनुसार करिब एक दर्जन जनाले कुटपिट गरि सबै बादी वाला लाई घाइते बनाएका थिए र बाराको सदरमुकाम कलैयामा रहेको बरेवा अस्पताल कलैयामा उपचारको क्रममा नेशा खातुनको मृत्यु भएको थियो। हालको कलैया उपमहानगर वडा नम्बर १० वस्ने बादी तथा प्रतिवादी रहेका छन्। गत वर्ष चैत्र २३ गते करिब बिहान ८ बजेको समयमा गहुँको भुसीमा आगो लगाएको विषयमा झैझगडा भैइरहेको थियो। सोही दिन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए जसको दर्ता न. ४३० रहेको छ।

Karaiya Mai Notice Winter

हालको अवस्थामा जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अदालतको मिलोमतोमा पक्राउ परेकाहरु लाई रिहा गरेको बादी नेशा खातुनका छोरा निवेदक तहवर अंसारीको आरोप रहेको छ। अंसारीले सरकारी वकिल संग बुझ्दा मृतकको केकारणले मृत्यु भएको भन्ने बारे मेडिकल रिपोर्ट नाअए सम्म मुद्दा चलाउन वा थुन छेक गर्न नमिल्ने प्रतिक्रिया दिएको अंसारीले बताए। तर अंसारीको अनुसार मेरो मुद्दामा मात्र केही (आर्थिक र राजनीतिक) चलखेमा नै पक्राउ परेका सुलतान अंसारी, गुलबानी खातुन र समीर अंसारी लाई २१ दिन पछि रिहा गरेका छ्न। जबकी प्रतिवादी लाई मुलकी अपराध सहिता एन २०७४ को परिच्छेद १२ बमोजिम १७७ दफाको उपदफा (१) र (२) बमोजिम कार्यवाही हुनुपर्ने तर हाम्रो देशको कार्यपालिका तथा न्यायपालिका दुइटै भ्रष्ट रहेको भन्दै तथा न्याय नपाउने निरासमा संचारकर्मीहरु सित पत्रकार समेलन गरि कलैयाको देवकी लाल धर्मशालामा गुनासो पोखेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश