CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

रौतहटमा कोरोना संक्रमितको उपचार भगवान् भरोसे हुँदै , अक्सिजन बाहेक केही छैनन् सुबिधा !

रौतहटमा कोरोना संक्रमितको उपचार भगवान् भरोसे हुँदै , अक्सिजन बाहेक केही छैनन् सुबिधा !

फेटा GP PSA
501
सिम्रौन्गढ़ नपा psa

रौतहटमा कोरोना संक्रमितको उपचार भगवान् भरोसे हुँदै , अक्सिजन बाहेक केही छैनन् सुबिधा !

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।बैशाख २८। रौतहट जिल्लामा कोरोना संक्रमितको उपचार भगवान् भरेसे भई रहेको देखिएको हो। जिल्ला अस्पताल गौरको पछाडि निर्माण गरिएको अस्थायी कोभिड अस्पतालमा कोरोना संक्रमितका लागि अक्सिजन बाहेक अरु कुनै सुबिधा नरहेको देखिएको हो। अस्थायी कोभिड अस्पताल गौरमा लगभग २२ जना कोरोना संक्रमितको उपचार भईरहेको तर लगभग ९५ % संक्रमितको अबस्था खराब नै रहेको डा.कृष्णा साहले बताएका छन्। जिल्ला अस्पतालमा दक्ष जनशक्ति नहुँदा असियु तथा भेन्डिलेटर सचारु गर्न नसकेको डा .साहले बताएका छन्। प्रदेश सरकारलाई बारमबार दक्ष जनशक्तिको लागि पत्र लेख्दा पनि केही बास्ता न गरेको डा.साहले बताएका छन्। जिल्ला अस्पताल गौरमा अक्सिजन प्लानको स्थापनाका लागि टेन्डर अवाहन भई सकेको र लकडाउनको कारण ठेकेदार नआईरहेको डा .साहले बताएका छन्। रौतहटमा दिनानुदिन संक्रमितको संख्या थप्दै र मृत्यु दर बढ्दै जाँदा पनि संबंधित निकायको ध्यान पुगेको छैन्। कोरोनाको दोस्रो लहर सुरु भएसंगै रौतहटमा अहिले सम्म सक्रिय संक्रमितको संख्या ४ सय नब्बे पुगेका छन्। जस मध्ये ४९ जना निको भएका छन्। भने २३ जनाले ज्यान गुमाएका छन्। जिल्ला अस्पताल गौरमा अस्थायी कोभिड अस्पतालमा संक्रमितको उपचारमा लपरवाही भईरहेको संक्रमितका आफन्तले जनाएको हो। अस्पतालमा संक्रमित बिरामीलाई राम्रोसँग हेरचाह नहुँदा मृत्यु भईरहेको आफन्तले जनाएको हो। जिल्ला कोभिड अस्पतालमा मात्र अक्सिजनको भरमा उपचार भईरहेको पछि संक्रमितको अवस्था गम्भीर हुँदा रेफर गरिरहेको संक्रमितका आफन्तले जनाएको हो। तर डा.साहका अनुसार संक्रमितले घरमै बसि उपचार गराई रहेको पछि अवस्था गम्भीर हुँदा अस्पतालमा उपचार गराउन आईरहेका छन्। कोरोना संक्रमितको अवस्था गम्भीर हुँदा उनको मृत्यु भईरहेका छन्। जिल्ला १८ पालिका र ४ वटा निर्वाचन क्षेत्र र २ वटा प्रदेश मन्त्री र एक जना केन्द्रीय मन्त्री हुँदा पनि जिल्लामा आईसियु, भेन्डिलेटर र अक्सिजन प्लान्ट बसाउन सकेका छैन्। जिल्ला अस्पताल गौरमा आएको बजेट पनि फ्रीज गराउने यहाँको जनप्रतिनिधि रहदा यस्ता जनप्रतिनिधिहरु संग बिकाशको कुरा नभई बिनाशकै कुरा हुने र कमिसनको लागि जे पनि गर्ने स्थानीयबासिन्दाले बताउँछन्।

Baiju sah