CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कर्नाटकमा फसेका मजदुरहरू एसएसबी सहायक कमाण्डेंट द्वारा उद्धार

फेटा GP PSA
650
सिम्रौन्गढ़ नपा psa

कलैया बारा।

एसएसबी को सहायक कमांडेंट असल श्रीवास्तव द्वारा कर्नाटकमा फंसेका मजदूरलाई उद्धार गरिएको छ। उद्धार गरिएको मजदुरहरुसँग १२ देखि १६ घण्टा सम्म जोखिम युक्त काम गराईरहेको जनाईएको छ। काम गरे बापतको ज्याला पनि नदिएको गुनासो तथा काम नगर्न मानेको खण्डमा बिजुलिको करेन्ट लगाउने गरेको गुनासो पनि ति मजदुरहरुले गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उद्धार गरिएको मजदुरहरुलाई तेल प्याकिङ्ग तथा एक केजिको पाकेट यताउति गर्नु पर्ने भनिएता पनि उनिहरुलाई बन्धक बनाई कामकाज गराईरहेको गुनासो कटहरिया सडक उद्घघाटन भएको दिन एसएसबी को सहायक कमांडेंट श्रीवास्तवलाई जानकारी गराईएको थियो।  श्रीवास्तवलाई जानकारी भए लगत्तै आफ्नै प्रयासमा तथा आफ्नो खर्चमा नेपालको चार जना र बिहारको एक जना मजदुरलाई उद्धार गरी सकुसल घरसम्म पुर्याएको छ।

उद्धार गरिएको मजदुरमा नेपालको बारा जिल्ला निलकंठवा निवासि रहेका छन भने  एक जना  भारतको बिहार राज्यको कटहरीया निवासि रहेका छन।  नेपालको बारा जिल्ला  निलकंठवा निवासी  बृजकिशोर ठाकुर र भारतको बिहार राज्य कटहरीया निवासि दिलिपले ति मजदुरहरुलाई  ललाई फकाई भारतको कर्नाटकमा पुर्याई छाडेका थिए। श्रीवास्तवको उद्धार कार्यले नेपाल र भारतको सम्बन्धमा थप प्रगाढ हने सम्भावना बढेको छ। पहिला देखि नै भन्ने गरीन्छ कि नेपाल र भारतबीच रोटीबेटिको सम्बन्ध रहेको छ। यसलाई प्रमाणित श्रीवास्तवले गरेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश