CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने साहको मांग

फेटा GP PSA
444
सिम्रौन्गढ़ नपा psa

काठमाडौं ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साहले सात वटै प्रदेशमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने बताएका छन् । मंगलबार जुमको माध्यम बाट महासंघको बसेको दोस्रो बैठकमा विशेष प्रस्तावको रुपमा राख्दै उनले पत्रकार अस्पताल र पत्रकार विद्यालय सात वटै प्रदेशमा स्थापना गर्नुपर्ने आवश्यक्ता रहेको बताए। पत्रकार महासंघ महासचिव रोशन पुरीले बैठकमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय सात वटै प्रदेशमा स्थापना गर्नुपर्ने प्रस्ताव आएको बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सो प्रस्तावको बिषयमा छलफल गरेर अगामी दिनमा निर्णय गरिने उनले बताए । ‘पत्रकार महासंघले सात वटै प्रदेशमा अस्पताल र बिद्यालय स्थापना गर्नुपर्छ । यसले पत्रकार मात्रै नभई पत्रकारका परिवारका साथै सर्वसधारणले समेत लाभ लिनसक्छन्’ केन्द्रीय सदस्य साहले भने, ‘मैले बैठकमा सोही बिषयलाई समेटेर बिशेष प्रस्तावको रुपमा छलफलका लागि प्रस्ताव गरेको छु ।’ संघीय, प्रदेश र स्थानीय तह गरी तीनै तहको सरकारको सहयोग तथा पत्रकार महासंघको आफनै कोषबाट खर्च गरी पत्रकार अस्पताल र बिद्यालय स्थापना गर्न सकिने तर्क उनको रहेको छ ।

यसैगरी कोरोना भाइरसका कारण मृत्यु भएका पत्रकारका परिवारलाई पाँच लाख र उपचाररत संक्रमित परिवारलाई समेत आर्थिक सहयोग महासंघको तर्फबाट गर्नुपर्ने प्रस्ताव साहले गरेका छन् । कोरोना भाइरसको महामारीले पत्रकार तथा सञ्चार क्षेत्रमा नराम्रो प्रभाव परेकाले ति सबै समस्याको समाधानका लागि महासंघले पहल गर्नुपर्ने माग उनले गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश