CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरी निरीक्षक थापाको सक्रियतामा पर्साको ग्रामीण क्षेत्रमा चोरी तस्करी लागुऔषध ओसारपसार तथा अपराध घट्दै

फेटा GP PSA
683
सिम्रौन्गढ़ नपा psa

मेघराज राय, जिराभवानी। 

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको सकृयताले ग्रामीण ईलाकामा चोरीतस्करी तथा अपराधिक गतीबिधिहरु सुन्य हुदै गएको छ । प्रहरी निरीक्षक थापाले अपराधीहरु लाई पक्राउ गर्ने र अपराध गर्नेको सिपारिस गर्नेलाई समेत कार्वाही गर्ने गरेको स्थानीयहरुले बताए । प्रहरी निरीक्षक थापा आको आठ महिना भित्रमा पटेर्वासुगौली गाउँपालीकामा पर्ने भलुवाई खोला बाट विभिन्न मितीमा ईलाका प्रहरी कार्यालय पटेर्वाको प्रहरी निरीक्षक थापाको कमान्डमा गएको गस्ती टोलिले गिट्टी बालुवा तस्करीको अन्दाजी ३० ओटा ट्रेक्टरलाई पक्राउ गरि ट्रेकटर सहित आवश्यक कार्वाहीको लागि पटेर्वासुगौली गाउँ पालिकामा बुझाई पहिलो पटक पक्राउ भएको ट्रेक्टर लाई पाँच हजार र दोस्रो पटक सोही गाडी नम्बरको ट्रेक्टर लाई दस हजारको जरिवानाको रसिद काटेर छोडिएको बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

साथै विभिन्न मितिमा सालको अन्दाजी ६० क्युफिट गोलिया पक्राउ गरि आवश्यक कार्वाहीको लागि सबडिभिजन बन कार्यालय रङ्गपुरटाडीमा बुझाएको बताए । अन्य मुद्दाका प्रतिबादी तथा फरार प्रतिबादीहरु पक्राउ तर्फ: मिती २०७७/०६ /१९मा लागुऔषधमुद्दा का फरार प्रतिबादी पाटेर्वासुगौली वार्ड नम्बर ४ बस्ने अनिरुध यादव पक्राउ गरिएको छ ।

मिती २०७७/०६/२० सार्वजनिक शान्ति बिरुध कसुर मुद्दाका पटेर्वासुगौली गा पा वार्ड नम्बर १ सोनबार्षा का लालजी राम लाई पक्राउ गरिएको छ ।

मिति २०७७/०७/०४ अपहरण शरीर बन्धक तथा जबर्जस्ति करणी मुदाका जिल्ला पर्सा पटेर्वासुगौली गा पा वार्ड नम्बर १का बर्ष ५५ का असिम मियालाई सखुवा प्रसौनी गा पा २ श्रीपुर बाट पक्राउ गरिएको छ ।

मिति २०७७/०७/१३चोरी सम्बन्धि कसुर मुद्दा का जि: पर्सा बि म न पा वार्ड नम्बर १९ बस्ने लक्ष्मी पस्वान लाई जि पर्सा पटेर्वा सुगौली गा पा ४ बाट पक्राउ गरिएको छ।

मिती २०७७/०७/२६ गते लिखतम सम्बन्धि कसुर मुद्दामा जि पर्सा जगरनाथपुर गापा वार्ड नमर ४ का ईदृस मिया धुनिया लाई ईलाका प्रसान कार्यालय सुपौली बाट पक्राउ गरिएको छ।   

२०७७/०८/०६/ज्यान सम्बन्धि कसुर मुद्दाका जि पर्सा सखुवाप्रसौनी गापा वार्ड नम्बर २ का बर्ष ५५का जवाहिर राउत अहिर लाई पक्राउ सोही मितिमा सवारी जयान मुद्दा का जि• पर्सा पटेर्वासुगौली गापा वार्ड नम्बर १ का बिपिन सहनी लाई पक्राउ गरिएको छ ।

२०७७/०८/२४;गते ज्यान सम्बन्धि कसुर मुद्दा का जि•पर्सा पटेर्वासुगौली २ का आनन्द दास थारु लाई पक्राउ गरिएको छ ।

Karaiya Mai Notice Winter

२०७७/०९/०५ गते ज्यान सम्बन्धि कसुर मुदाका जि• पर्सा पर्सागढी न पा ववार्ड नम्बर ५ हर्दिया का भागरिथ राउत अहिरलाई पक्राउ गरिएको छ ।

मिती २०७७/६/१९ जबर्जस्ति करणी गरेको पीडितको जहेरीको आधारमा जि•पर्सा बि म न पा वार्ड नम्बर ३१का कलिम चुडिहार लाई पक्राउ गरिएको छ ।

मिती २०७७/१२/ २२जबर्जस्ती करणी सखुवाप्रसौनी ४ का मुख्तार मिया अन्सारीलाई पक्राउ सखुवा प्रसौनीमा जबर्जस्ती करणी गरि फरार रहेका एकजनालाई भार्तिय प्रहरीसङ समुनय गरि बिहारको पुर्बी चम्पारन बाट समेत पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएको बतानु भो ।

एसै बिच एस ईलाका प्रहरी कार्यालय पटेर्वाको मातहतमा रहेका एरियामा लगाएको गाजा खेती अन्दाजी १३ बिगहा ९ काठा ८ धुर गाजा फाडेर नस्ट गरेको थियो । मालसामान तर्फ •• विभिन्न मितिमा राङ्गा भैंसी पटाखा खाधय बस्तु तेल चिनी कस्मेटिक सामान चक्लेट लगाएत का अन्दाजी जम्मा मुल्य ४८९१००बराबरको माल समानहरु बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ ।पटेर्वा मातहत एरीया पर्ने सिमा नाकाहरुबाट अवैध रुपमा भन्सार छली भित्रयाइएको विभिन्न समानहरु बरामद गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनु भयो ।खुला सिमा नाका कारण हुन सक्ने अपराधीक गतिविधिहरुमा नियन्त्रण तथा चोरी तस्करीलाई कडाईका साथ नियन्त्रणका लागी आफ्नो मातहतका चौकिहरुलाई जहिलेनै निर्देशन दिईराखेको बताए विभिन्न मितिहरुमा चेकजाँचको क्रममा सवारी अवस्थामा कागज पत्र नभएको भेटिएपछि दुई पाङ्ग्रे मो सा भार्तिय र नेपाली नमर पलेटका १३ ओटा मोसा लाई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय पटेर्वामा राखिएको बतानु भो। चालु आर्थीक वर्षको असोज महिना देखी चैत महिना पहिलो हप्ता सम्ममा नेपालमा प्रतिबन्धीत लागुऔषध चरेस र गाजा सहित एक महिला र चार पुरुषलाई पक्राउ गरेको हो। र दुई जना घरमा लागुऔषध छापामारी गर्दा फरार रहेका छन ।

अवैध चोरी पैठारी नियन्त्रणका साथै नेपालबाट भारततर्फ हुने चेली बेटी बेचबिखन तथा ओसार पसारमा नियन्त्रण गर्न लागि परेका प्रहरी निरीक्षक थापले बतानु भो । केही दिन अगाडि केही अनलाइन मिडियामा भलुवाई खोला बाट गिटि बालुवाको तस्करीको भ्रमपुर्ण समाचार सम्प्रेषण भएको र सो समाचारमा सत्य्ता नरहेको दाबी गरे सो समाचारमा दृश्य कुनै भार्तिय खोलाको रहेकोले मेरो प्रतिक्रिया न लिई समाचारमा मेरो समाजिक संजाल फेसबुक बाट मेरो फोटो निकाली सम्प्रेषण भएको गुनासो गरे ।

covid 19 को समयमा पर्सा जिल्लाभर लकडाउन तथा निषेधाज्ञा रहेको बेला कसरी गिट्टी बालुवाको तस्करी भएको छ, जबकि भलुवाई खोलामा ठेक्का कबोल गापा बिगत एक महिना अगाडि गरि सकेका छ्न। पत्रकारिताको आड पित पत्रकारिता न गर्न सबै संचार कर्मिहरुलाई आग्रह गर्दै मैले गरेको काम कर्तव्यको लेखनलाई आग्रह समेत गरे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश