CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सदस्यता खारेज नगरे नेपाली काङ्ग्रेसको आसन्न १४औ महाधिवेशन हुन् नदिने : राजेश रौनियार 

फेटा GP PSA
397
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

नेपाली कांग्रेसको हुन लागेको १४औ महाधिवेशनको तयारीमा रहेको क्रममा क्रियाशील सदस्यताको  विवाद उत्पन्न भएको छ। जिल्लामा ४४ वडा सभापति मध्ये समायोजन गरि १८ वडा सभापति भए पश्चात, १३ जना वडा सभापतिलाई क्रियाशिल सदस्यताको फारम समेत उपलब्ध नगराई सदस्यता केन्द्रमा पठाएको भन्दै उनीहरु कडा संर्घषको चेतावनी दिएका छन्। नेपाली काँग्रेस बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले वडामा नयाँ सदस्यता थप्न र पुरानोको नवीकरण गर्न फारम नदिएको भन्दै पार्टी लाई हुकुमी शैलीमा चलाउन खोजेको बुथ सभापतिहरुले आरोप लगाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाली काँग्रेसको विधान अनुसार केन्द्रबाट आएको सदस्यता फारमहरु लाई जिल्ला पार्टी सभापति बाट बुझेर क्षेत्रीय सभापतिले वडा सभापतिहरु लाई जिम्मा लगाउनु पर्ने र वडा समिति बाट निर्णय भएर आएकाहरुको सदस्यता थप्नुपर्ने वा नवीकरण गर्नुपर्ने नियम भए पनि क्षेत्र नम्बर २ मा नभएको वडा का सभापतिहरु ले पत्रकार सम्मेलन मा जनाएका छन् ।

Karaiya Mai Notice Winter

बाराको क्षेत्र नं. २ का १३ वडाका वडा सभापतिहरु लाई बिना जानकारी क्रियाशिल सदस्यता एकैचोटी थपिए पछि सम्पुर्ण वडा सभापतिहरु विरोधमा उत्रिएका छन्। सोहि कुरा लाइ पारदर्शी ढंगले पार्टीको बिधान तथा प्रजातान्त्रिक मुल्यमान्यता लाइ कायम राख्ने उदेश्यले  सबै वडाका वडा सभापतिहरु करणराज प्यालेसमा पत्रकार सम्मेलनको आयोजना  गरी क्षेत्रीय सभापति रामप्रवेश यादव मनोपलि गरी मात्र पार्टी लाइ बदनाम नगरी प्रजातान्त्रिक पद्धति लाइ समेत कुठाराघात गरेको सभापतिहरुको भनाइ रहेको छ।

आफ्नो घरको पार्टी बनाउन कुनै कसर बाकी नराखी पचरौता ४ बेल्दारीका वडा सभापति बीरबहादुर यादव लाइ २१ गते तथा केहि सभापतिहरु लाइ आफ्नो कोल्ड स्टोरमा थुनेर समेत राधेचन्द्र यादवले हस्ताक्षर गराउन लगाएको बाराको पचरौता नगरका मेयरका प्रत्यासी किशोरी प्रशाद यादवले बताए।

वडा सभापति श्रीनारायण प्रशाद यादवको सभापतित्व तथा महाधिवेशन प्रतिनिधी राजेश रौनियारको प्रमुख आतिथ्यतामा गरिएको पत्रकार सम्मेलनमा क्षेत्रीय सभापति यादवले पार्टीलाई एकलौटी ढंगले अघि बढाउन लागेकोले पार्टी कसैको बाउको सम्पति नभएकोले नयाँ सदस्यता खारेजको माँग गरेका छन। कांग्रेसको केन्द्रिय महाधिवेशन नजिकिदै गर्दा देशैभरि कांग्रेसमा क्रियाशिल सदस्यताको विषयलाई लिएर बिबाद हुन थालेको छ ।

हाम्रो माँग सम्बोधन नभए केहि दिनमा हामि धर्नामा बस्ने छौ र पार्टीको लागि मर्न पनि तयार रहेको रौनियारले बताएका छन। यति मात्र नभएर अधिबेशन पनि हुन नदिने पत्रकार सम्मेलनमा प्रमुख अतिथि रौनियारले जानकारी दिनु भयो। केन्द्रमा समेत हामिले नयाँ सदस्यता खारेज गर्न एक महिना पहिला नै उजुरी दर्ता भएको बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश