CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिब्रो नभएको सर्वोच्च तथा प्रधानमन्त्री भएको नेपाल

फेटा GP PSA
544
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

जिब्रो नभएको सर्वोच्च तथा प्रधानमन्त्री भएको नेपाल अब कसरि अगाडी बढ्ने भन्ने बारेमा जनता चिन्तन शिल बनेका छन्। संविधान हरेक जन्ताको अनुरुप बनेको भए आज यो दिन देख्नु पर्ने थिएँन। जुन संविधान लालच र स्वार्थ का निम्ति बनाएको हुन्छ त्यो कहिले पनि ग्रन्थ हुन सक्दैन, त्यो रद्दी किताब मात्र हुन सक्छ। फेरि पनि भन्दै छु त्रुटिपूर्ण संविधान सच्याउने बेला भैइ सकेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कुनै काल खण्डमा दण्डित गरि जिब्रो बिगारेर छोडेको व्यक्ति लाइ सर्बोच्च अदालतले कसरि आफ्नो फैसलाले न्युक्त गरेको बारे चर्चाको विषय बनेको छ। सर्बोच्च अदालत ले गरेको फैसलाले युद्ध सकेको छैन बरु उल्टो खेल अब सुरु भएको छ। यो कुराको अनुभुती सर्बोच्च लाई पनि चाडै हुनेछ । सर्बोच्चले गरेको निर्णय लाई पनि जनादेश बाट बनेको प्रधानमन्त्री के.पि शर्मा वोलिले स्वागत गर्दै अपनाउनु भयो, त्यो वाहाको स्वाभाव हो। तर सर्बोच्च लाई भनन्न चाह्न्छु देश जनादेश ले चल्छ, प्रमादेशले चल्दैन। अहिले सम्म नेपाली जन्ताले जनादेश बाट चलेको देश देखेको छ। अब प्रमादेश बाट बनाएको प्रधानमन्त्री लाई पनि देख्नेछ। सर्बोच्च अदालतको न्यायाधीशहरु लाई भन्न चाह्न्छु नेपाली जनताले राजा लाई फाल्ना बेर लागेन जब कि राजाको राजकाज पिढि दर पिढि चल्ने चलन थियो।

Karaiya Mai Notice Winter

तपाईंहरु फोहरी राजनीति गर्न बन्द गर्नुस। म कम्रेड प्रचन्ड लाई प्रश्न गर्न चाह्न्छु, के जनयुद्ध र जनान्दोल्न यस्तै दिनको लागि गराउनु भएको थियो ? यदि कांग्रेस लाई समर्पण नै गर्नु थियो भने यत्रो लाई बिध्वा र अनाथ आफ्नो स्वार्थ का निम्ति किन बनाउनु भयो । “पाप धुरी बाट कराउछ” कम्रेड, समय ले तपाईं लाई धेरै पटक सिकायो तर सिक्नु भएन अब सिक्नै पर्ने दिन पनि चाडै आउदैछ। मदेस बाट त्यत्रो तदातमा आम जनताले जनयुद्धमा साथ ,सहयोग र आहुती दिएको लाई कम्रेड तपाईंले लत्याउनु भयो। संविधान बनने बेला पुरै मधेश आगोको ललाह्ट मा जल्दै थियो तै पनि यो खिचडी संविधान लागू ग्राउनु भयो। यो कुरा लाई मधेशले बिर्सेको छैन, याद राखेको छ । आफू र जन्ता ले दिएको जनादेश लाई राजाको खुट्टामा लगेर चढाएको त्यही कांग्रेस पार्टी र प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु होइन ? आफु संग देश चलाउने छ्म्ता छैन सिद्ध गरेको बेयक्तीले के अब देश चलाउन सक्छ ? अनि कसरी र के गरि न्यायाधीश ले शेर बहादुर देउवा लाई प्रधानमन्त्री बनाएको होला? वाहा को कर्याकर्ता लाई त वाहा ले बोलेको कुरा बुझ्न गह्रौ हुन्छ भने पछि आम जन्ता लाई बुझ्न कति गह्रौ होला ?

खोक्रो राष्ट्रबादको परिचय दिदै देउवा नेतृतवको सरकार बन्ने बित्तिकै ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइएका नेता विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन। के यो प्रधानमन्त्री देश को लागि बनेको हो र ? यो पारा ले त अब रौतहटका नेता आफताब आलमको पनि रिहाई गराउने होला नि त ? यस्तै चलिरह्यो भने देशको तीन प्रमुख निकाय कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाको वास्ता नै रहने छैन,जसको लाठी उसैको भैस उखान टुक्का लाइ प्रमाणित गरिरहेका छन्।

हाम्रो पुर्वजले भन्ने गर्थे जस संग जिब्रो सानो हुन्छ अथवा जिब्रो हुदैन उसले बोलेको भर हुँदैन। त्यसैले अहिलेको मौजूदा व्यवस्थामा अल्पकालीन समाधानका लागी सार्वभौम सत्ता सम्पन्न आम नेपाली जनता माथि विश्वास गरी ताजा जनादेशमा जाऔं अथवा, मुख्य जडको रुपमा क्रियाशील विकृत, खिचड़ी, भद्दा एवं दलाल पुँजीवादी संसदीय दुर्गन्धित सहितको व्यवस्था संग कुनै पनि बहानामा सती जानुको सट्टा ५ वर्षभन्दा बढीको ताजा अनुभवहरुको गम्भीर समिक्षा गरी देश र जनताको हितलाई सर्वोपरि केन्द्रमा राखी मौजूदा व्यवस्थाको समयसापेक्ष आवश्यक संसोधन / परिमार्जन / पुर्न:लेखन गरी समाजवादी नयाँ व्यवस्थाको स्थापनाको पथमा सबैजना अग्रसर हुनु नै बुद्धिमत्तापूर्ण कार्य हुने लगायतको आफ्नो विचार शनि गुप्ताले अभिव्यक्त गरेका हुन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश