CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा को खुट्वा जब्दी मा हनुमान मन्दिर को उदघाट्न : पुर्व मंत्री सोनाल

फेटा GP PSA
573
सिम्रौन्गढ़ नपा psa

रन्जीत पाण्डेय, कलैया, बारा।

बाराको प्रसौनी गाउँ पालिका ४ खुट्वा जब्दी बथानी चौकमा श्री हनुमान मन्दिर प्राण प्रतिस्ठा पुजा गरिएको छ। अधुरो रहेको हनुमान मन्दिर उपभोक्त समिति द्वारा पुरा गरिएको छ। उपभोक्त समिति को अध्यक्ष नवल किशोर साहको अध्यक्षता तथा पुर्ब भौतिक पुर्बधार बिकास मन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यतामा उदघाट्न भएको थियोे। प्रमुख अतिथि मंत्री सोनल र प्रसौनी गाउँ पालिका अध्यक्ष भोला प्रसाद गुप्ता ले रिबन काटी उदघाटन गर्नु भएको थियो। विशिष्ट अतिथि वाडा न ४ का वाडा अध्यक्ष आनन्द कुमार गुप्ता, वडा सदस्य अजय गुप्ता, श्याम कुमार कानु, जसपाको युवा नेता बृजकिशोर साह लगायतको विशेष उपस्थिति रहेको थियोे।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मंत्री सोनलले हिन्दु धर्म अनुसार भगवान श्री हनुमानजीको प्रति आस्था राख्ने श्रद्धालु भक्त जनको आफ्नो धर्म प्रति जगेर्ना तथा संस्कृति जोगाउने विस्वास राख्दै आफुले सके जति सहयोग गर्ने धारणा राख्नु भयो। आ-आफ्नो धर्म लाइ संरक्षण गर्नु नै सामाजिक भावना तथा समाजमा भाइचारा कायम राख्न एउटा मजबुत माध्यम रहेको बताए।

हनुमानजीको मुर्तिमा प्राण प्रतिष्ठा ललन दास बैरागी द्वारा गरिएको थियो। मन्दिर निर्माण तथा प्राण प्रतिस्ठान पुजाको कार्यमा उपभोक्त समितिको सचीव रामपुकार साह, कोशा अध्यक्ष रामकली देबि, सदस्य पवन ठाकुर, सुबास प्रजापति, रन्जन ठाकु,र सचिता कुमारी मण्डल लगायतकाले विशेष सहयोग गर्नु भएको हो। त्यस्तै कार्यक्रममा प्रसौनी गौपालिका -४ खुटवा नेपाली कांग्रेस एकाई सभापति ताराचंद साह तेली, नेपाली कांग्रेसका युवा नेता तथा खुटवा केयर क्लब अध्‍याय एवं नेपाल तरुणदल छेत्रिये सदस सौरभ कुमार गुप्ता, बलिराम मंडल, बृजकिशोर साह तेली, धर्मदेव पंडित, सतनारायण गुप्ता, बिपिन साह, नरसिंह साह तेली लगायतको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश