CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार र पत्रकारिताको अस्मित्ता पत्रकारले नै गुमाउदै : अध्यक्ष यादव

फेटा GP PSA
363
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

पत्रकारले नै पत्रकार र पत्रकारिताको अस्मित्ता गुमाइरहेको सुवर्ण गाउँ पालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले आपत्ति जनाएका हुन्। केही व्यक्तिले आफ्नो निजि स्वार्थका लागि गाउँपालिका लाई बदनाम गराएको आरोप लगाएका छन्। केही दिन अघि एक मिडियामा सुवर्ण गाउँ पालिकाको विषयमा आएको समाचारको खण्डन गर्दै मेयर यादवले पत्रीकामा समाचार लेखेको प्रति गम्भीर आपत्ति जनाए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गाउँ पालिकाको वडा :-२को कार्यालयमा मंगलबार आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै गाउँ पालिका अध्यक्ष यादवले के.एस. मल्टिप्रपोज.प्रा.लि. संग केही मेसिनरी औजारको आपूर्तिका लागि गरिएको सम्झौता भए पनि समय सिमा भित्र के. एस. मल्टिप्रपोज प्रा. लि. ले पुरा गर्न नसकेकोमा धरौटी जपत गरेकोले उक्त धरौटी फिर्ताका लागि बदनाम गर्दै  चरीत्र हत्या गर्ने, र अन्तयमा मानसिक दबाव दिई धरौटी फिर्ता लिने मन्सायले भ्रमित समाचार प्रकाशन गरेको अध्यक्ष यादवले आरोप लागाए। अर्को एक संचार कर्मीका श्रीमति मन्चुन देवी साह अध्यक्ष रहेको एक गैर सहकारी संस्था महिला उत्थान तथा बिकास नेपाल महागढ़िमाइ न.पा.१ ले लक्षित बर्गको कार्यक्रम नै नगरी भुक्तानी दिन दवाव दिदा सामाजिक बिकास शाखाका कर्मचारी इन्कार गरेकोले गलत मानसिकता बोकी चरीत्र हत्या र बदनाम गर्ने उदेश्यले झुठो र भ्रमित समाचार प्रकाशन गरेको यादवले आरोप लगाए।

बिना प्रमाण गाउँ पालिकालाई र गाउपालिकाको कर्मचारी, जनप्रतिनिधि लाइ बदनाम गरे त्यसको प्रतिकार गर्ने र त्यसता कुतत्वहरु लाइ आफनो गलत मन्साय समयमै नत्यागे त्यसको गलत परिणाम भोग्न पनि त्यार रहने चेतावनी समेत दिदै, जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल पत्रकार महा संघ शाखा कार्यालय कलैया, प्रेस काउन्सिल लगाएत सबै निकाय लाइ आवस्यक छानबिन गरि कार्वाही गर्न लाइ प्रक्रिया अगाडी बढाउने समेत जानकारी गराए।

गाउँ पालिकाका अध्यक्ष यादवको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा गाउँ पालिका उपाध्यक्ष बबिता यादव, प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव, वार्ड:-२ का वार्ड अध्यक्ष रंजित प्रसाद यादव, वार्ड:-३ वार्ड अध्यक्ष महेन्द्र राउत अहिर, वार्ड :-४ का वार्ड अध्यक्ष दिपेन्द्र प्रसाद यादव, वार्ड:-५ का वार्ड अध्यक्ष रामएकबाल साह, कलवार वार्ड:-७ का वार्डा अध्यक्ष बिजय कुमार सिंह, आइ टि सुचना अधिकारी मिरेन्द्र प्रसाद यादव, न्यायीक समिती शाखाका कर्मचारी संजिव कुमार यादव, सामाजिक बिकास शाखा प्रमुख संजिव राम र विभिन्न संचारमाध्यमा आवद्ध सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश