

पर्सा जिल्लाको पोखरिया नगरपालिकामा जनप्रतिनिधिलेनै करोडौको बजेट अनियमितता गरेकाे कुरा बहिरिएकाे छ । प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत पोखरिया नगरपालीकामा पारिश्रममा आधारीत सामुदायिक योजना तथा युवा रोजगारीका लागी आएको करोडौको बजेटमा जनप्रतिनिधिहरुले अनियमितता गरेकाे हुन ।

प्रधानमन्त्री रोजगार योजना अन्तरगत पोखरीया नगरपालिकामा ४ सय ३९ जना लाई ५० दिन को लागी काम दिईएको पोखरिया नगरपालीका प्रधानमन्त्रि रोजगार कार्यक्रमका शाखा प्रमुख बिजय साह बताउनु भयो । कार्यक्रममा आएको २ करोड २७ लाख रुपैया हुदा हुदै प्रत्येक ब्यक्तीलाई १०० दिन रोजगारी दिनु पर्नेमा नगरपालिकाले ५० दिन मात्र दिएको थियो । त्यसमा पनि ३५ दिन मै पोखरिया नगरपालीकामा काम सम्पन्न गरी ५० दिनको हाजिरी बनाएर लाखौं रुपैया जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा हिनामिना गरिएको जनाईएको छ ।
