CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

निस्वार्थ पार्टीका लागि लडेकी स्वर्गीय साहकी श्रद्धाञ्जलीमा पार्टी द्वारा असन्तुष्टि

फेटा GP PSA
357
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कलैया उमनपा ३ बैधनाथपुरमा बिक्रम संवत् १९८०मा जन्मेका रामसिकिल देवी साह २०४६ साल देखि २०७८ साल अर्थात  ३२बर्ष सम्म एउट‌ै पार्टीमा रहि गजेन्द्रनारायण सिंहले सपना देखेका संघयी लोकतान्त्रिक गन्तन्त्र आफ्नै जीवनमा कागजमा लागू भएको आफ्नै अँखाले दृष्टिपात गरि स्वर्गारोहन भएकी छिन् । साहको १३औ पुन्य तिथिको अवसरमा श्रावण १७ गते आइतबारको दिन श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उनी आन्दोलन कारी महिला मध्ये यस्ता महिला थिन जसले, जहिले पनि पुरुष आन्दोलनकारी लाई पछाडी छोडेर आफू अगाडी नै हुने गर्थिन। यति मात्र हैन संघयी लोकतान्त्रिक गन्तन्त्र नेपालको सपना सकार गराउन बाराको अान्दोलनमा पुरूष साथिलाई पछाडि राखि महिला अगाडि रहदा प्रहरीले बल प्रयोग गर्न सजिलो नहुने सल्लाह  दिदै अगाडि बढने योधा रहेकी थिन।

Karaiya Mai Notice Winter

तर हालको समयमा कलयुगको प्रकोपले ग्रसित रहेको तथा विचार एवं मानवता नै सखाप भएर निजि स्वार्थमा निहित भएर अगाडि बढी रहेको अनुभुती गरि रहेको कुरा लाई लुकाउदै सांकेतिक रूपमा श्रद्धाञ्जली सभामा सहभागी भएका स्थानीय स्तरका नेताकार्यकर्ताहरुले औल्याउँदै आआफ्नो मन्तव्य राखेका थिए।

जसपा नेपालका के. स. गणेश साहको सभापतित्वमा गरिएको श्रद्धाञ्जली सभामा जसपाका रामबाबु साहले टिप्पणी गर्दै भने आजको समयमा मानिसको कर्मको मोल नभएर धनको मोल मात्रै रहेकोेले आज यति कर्मठ योद्धाको श्रद्धाञ्जलीमा यति न्यून नेता कार्यकर्ताहरुको उपस्थिति रहेको छ। यस्तो खाले उपस्थितिले सिधा स्पष्ट रुपमा झल्काउदै छ, कि आजको समयमा श्रद्धा जुन हुनुपर्छ मानवमा त्यो श्रद्धा नभएर मानवता नै समाप्त रहेको कुरा लाई इङित गरि केन्द्रिय नेतालाई भनेका थिए।

साहकै मन्तव्य लाइ जोड दिदै सभापतित्व ग्रहण गरेका साहले  भने स्वर्गीय साहले मात्र स्थानीय ठाउँमा मात्र हैन बरु काठमांडौमा समेत भएका आन्दोलनमा अगाडी नै रहेर सबै आन्दोलनकारीहरुको हौसला बुलन्द गर्ने जस्ता वीर योद्धाको श्रद्धाञ्जली समेत गर्न पार्टीले कुनै वास्ता नगरेकोले यस्ता गरिब एवं सर्वसाधारण पार्टीको झन्डा मुनि कसरी आउछन् भनी चिन्ता समेत व्यक्त गरेका थिए। साहले आफ्नो मनको वेदना लाई लुकाउदा लुकाउदै भने वास्तविक श्रद्धाञ्जली साहको पार्टीले दिएनन् । किनकी निस्वार्थ पार्टी तथा पार्टीका जोकिहिका लागि आफ्नो जनधनको लगानी गरेका व्यक्ति रहेको बताए। धनी भएका नेताहरुको काजपरोजनमा नेताकार्यकर्ताहरुको ओइरो लाग्ने गर्छ तर स्वर्गीय साहको श्रद्धाञ्जलीमा ओइरो लागेन।

स्वर्गीय साहकी एउटी छोरी लालमती देवी साह रहेकी छिन। स्वर्गीय साहकी छोरीले भनिन स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहे तापनी हाम्रै आन्दोलन बाट कुर्सी पाएका प्रतिनिधिहरुको यस सभामा प्रतिनिधित्व नभएको असन्तुष्टि जनाए। उक्त श्रद्धाञ्जली सभाको संकलन नगर सचिव बिरेन्द्र कुशवाहाले गरेका थिए। उक्त सभामा पार्टीका के.स. जियालाल ठाकुर, डा. कमरुल्लाह अंसारी, सन्तोष पटेल, किशुन यादव, महेन्द्र मण्डल, जैसी यादव, जोगेन्द्र साह तेली, कासिम मिया अंसारी, जयप्रकाश साह, रामदिनेस ठाकुर, सशी राज केशरी, अनिल साह, तुफानी बाबा, मनोज पटेल, टि. के. मिश्रा, महिला नेत्री किसनाउती देवी साह, उर्मिला देवी बिन लगायतको उपस्थिति रहेको थियोे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश