CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

किर्ते हस्ताक्षर बारे प्रजिअ बारा लाइ ज्ञापन पत्र

फेटा GP PSA
423
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

किर्ते हस्ताक्षर प्रकरणमा दोषिलाई कार्वाहीको माग गर्दै सिम्रौनगढ नपाका नगर प्रमुखका प्रत्यासी तथा जसपाका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको नेतृत्वमा आज कलैयाको सरकारी वकिल कार्यालयमा धारणामा बसेर किर्ते गर्ने बिरुद्ध बिभिन्न नाराबाजी गर्दै कलैया नगर परिक्रमा गरि भारत चौकमा पनि केहीबेर धारणा तथा कोणसभाको आयोजना गरि प्रमुख जिल्ला अधिकारि लाइ ज्ञापन पत्र समेत बुझाएका छन्। कोण सभामा जसपाका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीले आफ्नो धारणा राख्दै नेपालि कांग्रेस सामन्त बादी सोचका भएकाले जहिले पनि सर्वसधारनको अधिकार लाइ खोस्ने बानि रहेको आरोप लगाएका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

डा. अंसारीले नेपालीकांग्रेसका क्रियासिल सदस्य लाइ तालिम दिएको जस्तै सबैको बानि बेहोरा एउटी खाले हेर्ने गरिन्छ। सोहि अनुरुप सिम्रौनगढको पनि समस्या रहेको छ, जुन सर्वसधारको अधिकार लाइ कटौती गरि करते हस्ताक्षर गरि भ्रस्टाचार गरेको एउटा उदाहरण रहेको छ। यस्ता यस्ता धेरै कुराहरु रहेको छ, तर अब यो २१औ सताब्दी छ भने कुराको ज्ञान हुदाहुदै जबरजस्ती आफ्नो सत्ताको बलमा आफ्नो बर्चस्व कायम राख्न लाइ मुद्दा दर्ता नगर्न लाइ समेत निर्देशन दिएर मधेसीको बिकासको अधिकार लाइ कटौती गर्न खोजेको डा. अंसारीले आरोप लगाए। तर अब सामन्तबादी सोचको कुनै औचित्य नरहने ठोकुवा गर्दै भने यस्ता भ्रस्ताचारी, अनियमितता तथा शोषण गर्ने जोकोही लाइ कानुनको कटघरामा उभ्याएर छोड्ने धारणा राखेका थिए।

Karaiya Mai Notice Winter

भारत चौकको तथा कोणसभा पश्चात प्रमुख जिल्ला अधिकारि लाइ ज्ञापन पत्र समेत बुझाएका छन्। जसपा नगर प्रमुख जैसवालले ज्ञापन पत्र बुझाउदा प्रमुख जिल्ला अधिकारि सुरेन्द्र पौडेलले भने हामि तपाइको पत्र लाइ गृह मन्त्रालय, प्रधान मन्त्रीको कार्यालय तथा सम्बन्धित सबै निकायमा आजै पठाई दिने जानकारी दिनु भयो।

सिम्रौनगढ नगरपालिकाले २०७७ असार ८ गते आयोजना गरेको नगर परिषदमा गणपुरक संख्या नपुगेकोले संख्या पुर्याउन भन्दै किर्ते हस्ताक्षर गरिएको भनी कार्यपालिकाका चारजना सद्स्यले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए। सिम्रौनगढ नगरपालिकाका प्रमुख बिजयशंकर यादव, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवाल, लेखा अधिकृत सर्वेन्द्र चौधरी लगायतकाले कार्यपालिका सदस्य कपुलदेव साह, श्रीपती दुसादिन, रम्भा देबी, रमावती देबी कुशवाहा लगायत चारजनाको किर्ते हस्ताक्षर गरेको भनी उनीहरु लाइ कारबाहीको लागि प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए। किर्ते हस्ताक्षर मुद्दा प्रकरणमा पक्राउ परेका कार्यालय प्रमुख र लेखा अधिकृत तारिखमा छुटेका थिए। हस्ताक्षर अनुसन्धानको क्रममा जाँच गर्न प्रहरीले पठाएकोमा शुरुमा एकजना कपिलदेव साहको किर्ते हस्ताक्षर रहेको पुष्टि भएर आएको थियो । बाँकी ३ जनाको राष्ट्रिय प्रविधि विज्ञान प्रयोगशाला खुमलटारमा किर्ते हस्ताक्षर जाँचको लागि पठाइएकोमा थप ३ जनाको पनि हस्ताक्षर किर्ते रहेको भनी राय प्रतिवेदन आई जिल्ला प्रहरी कार्यलय बाराबाट सरकारी कागज किर्ते मुद्दा दायर गर्ने गरि राय सहित जिल्ला सरकारी वकिल कार्यलयमा सकल फाइल आएकोमा जिल्ला सरकारी वकिल कार्यलय बाराले मुद्दा नचल्ने भनी निर्णय गर्न खोजेकोले सिम्रौनगढ नगरपालिकाका स्थानीय बासी लगायत कार्यपालिका सद्स्यहरुले आज सरकारी वकिल कार्यलयमा पुगेर मुद्दाको प्रक्रिया अगाडि बढाउन माग गर्दै धारणामा बसेका छन्।

सिम्रौनगढ नगरपालिकामा किर्ते हस्ताक्षर प्रकरणमा थप ३ जना सद्स्यको हस्ताक्षर किर्ते रहेको पुष्टि भएको बारे चर्को बिरोध भईरहेको छ। उक्त बिरोध कार्यक्रममा जसपाका केंद्रिये सदस्य डा. कमारुल्लाह अंसारी, रामबाबु यादव, क्षेत्र न.१ का बरिष्ट वडाध्यक्ष प्रमानन्द मुखिया, हेमचन्द्र जैसवाल, पप्पु यादव, उपाध्यक्ष पन्नालाल प्र. कुशुवाहा, वडा नम्बर ४का वडा अध्यक्ष राजेश यादव लगायत करिब हजारौको संख्यामा बिरोध र्याली रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश