CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सतुवाईन र जुरसितल सम्वन्धी अन्तरक्रिया कार्यक्रम

फेटा GP PSA
2,263
सिम्रौन्गढ़ नपा psa

विराटनगर ।  मगही भाषा संस्कृति हमर राष्ट्रके गौरव आर पहिचान पिछडा वर्गके मगही भाषा संस्कृति प्रदेशके समृद्धि नाराके साथ विराटनगरको वडा नं. १२ मा रहेको विराट सामुदयिक भवनमा सतुवाई र जुरसितल सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य महेश रेग्मीले भने नेपाल कम्यूनिष्ट पार्टी अव कुनै किसिमको विभेदलाई सहन गर्न सक्दैन देशमा राजा रजौटाले गरेको विभेदलाई संघिय लोकतान्त्रिक गणतन्त्रमा समाप्त गर्नु आवश्यक रहेकोछ । नेपालमा बसोवास गरेको ३६ जातको संगठन रहेको पिछडावर्गको लागि पनि कलस्टर छुट्याउन दवाव दिने वताए ।

Karaiya Mai Notice Winter

सोही अवसमा मधेशी पत्रकार समाजका अध्यक्ष श्याम सुन्दर सुतिहारले सतुवाईन र जुरसितल सम्वन्धा कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा सतुवाई, जुरसितल र सिरुवा पर्वको वारेमा मगही भाषामा कार्यपत्र लेखेका थिए । सोही कार्यपत्रमा वृहत छलफल भएको थियो । आफ्नो संस्कृति, पहिचान, धर्मलाई संरक्षण गर्न युवा पिढि अग्रसर हुनपर्ने र राज्यले त्यसलाई सहयोग गर्नु पर्ने विचार बृहत मधेशी नागरिक समाजका अध्यक्ष सुर्यनाथ प्रसाद सिहले वताए । सो कार्यत्रममा पिछडा वर्गमा पर्ने विभिन्न जातजातिका अध्यक्ष र प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई सतुवाई अर्थात सातुको सर्वत खुवाएका थिए । अखिल नेपाल पिछडा वर्ग ओविसी महासंघ प्रदेश नं. १ को संयोजक मदन किशोर कामतको सभापतित्वमा सतुवाई र जुर सितल सम्वन्धी अन्तर क्रिया सम्पन्न भएको थियो । जसमा अखिल नेपाल पिछडा वर्ग ओविसी महासंघ जिल्ला अध्यक्ष जय प्रकाश महतोले कार्यक्रमा संचालन गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश