CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

सिम्रौनगढ नगर प्रमुख माथि अढाई अरबको भ्रष्टाचारको आरोप : नेता अंसारी

फेटा GP PSA
430
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

आन्दोलनको स्वरूप फेरिएको पुर्व घोषणा अनुसार किर्ते नगरासभा बारेमा गाउ गाउको चौकमा भण्डाफोर कार्यक्रम हिजो देखि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सिम्रौनगढ नगर पालिका नगर समिति द्वारा सिम्रौनगढको रानीवास चौक बाट सुरु भएको छ। लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको अध्यक्षतामा एवं के.स. डा. कमरुल्लाह अन्सारीको प्रमुख आतिथ्यतामा नगर प्रमुख बारेमा बिरोध तथा भण्डाफोर कार्यक्रममा गरीएको थियो। नगर प्रमुख बारेमा बिरोध तथा भण्डाफोर कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य अंसारीले सिम्रौनगढ नगर प्रमुख माथि अढाई अरब, भ्रष्टाचारको आरोप लाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

विभिन्न वक्ताहरुको धारणा पश्चात प्रमुख अतिथि डा. अन्सारीले नगर प्रखुख विजय शंकर यादव लाइ सल्लाह सुझाव स्वरूप नैतिकताको आधारमा सिम्रौनगढ़ वासीको नैसर्गिक अधिकार लाइ कुनै बहाना वा निजि स्वार्थ पूर्ण कुनै किसिमको कार्य गर्न नमिल्ने भएकोले जनताले तिरेको कर वापतको रकम हिनामिना नगरी विकास निर्माण कार्यमा कुनै बाधा व्यवधान खडा नगरी हरेक कार्यमा सहायक बन्नु पर्छ, नत्रभने अब जनता जागरुक भएकोले कुनै वहाना स्वीकार नगरी त्यसको कडा प्रतिकार गर्ने समेत तयार रहेको बताए।

डा. अंसारीले आफ्नो वक्तव्य राख्ने क्रममा प्रमुख अतिथिको आसन बाट भने नेपालि कांग्रेसको धारामा चलेर सिम्रौनागढ़ कुनै हालतमा चलन नस्ने बताए।  नेपालि कांग्रेसले जहानिया राणाशासन आज २१औ सतावादीमा चलाउन खोजे भने नगरमा शान्ति कुनै हालतमा हुन् नसक्ने ठोकुवारे, किन कि कांग्रेसले जनता लाइ जहिले पनि शासन र शोषण गर्दै आएकोले अब पनि सहन नसक्ने बताए।

क्षेत्र न.१ का प्रमानन्द मुखिया, हेमचन्द्र जैसवाल, हरिशंकर प्रशाद यादव, , वडा नम्बर ४का वडा अध्यक्ष राजेश यादव, रामबहादुर पटेल, प्रेमचन्द्र प्रसाद यादव, पप्पु यादव हेमचन्द्र जयसवाल, मन्जुर अंसारी, रामबाबू कुशवाहा राजकिसोर कुशवाहा, ध्रुव यादव, रामअसरे प्रशाद यादव लगायत सयौको संख्यामा सहभागिता रहेको थियो। कार्यक्रम संचालन सियाराम प्रशाद यादवले गरेका थिए भने लोसपाका युवा नेता अरविन्द यादवले स्वागत मन्तव्य राखेका थिए।

Baiju sah