CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

२०७८को सखी बहिनपा जितिया महोतस्व बीरगंजमा सुरु

फेटा GP PSA
469
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

सन्तान तथा पतिको सुख, शान्ति र समृद्धिको कामना गर्दै थारूलगायतका मैथिल महिलाहरुले हरेक वर्ष मनाउने जितिया पर्व यस वर्षपनि सुरु भएको छ । सोही अवसरमा बीरगंज सखी बहिनपा जितिया महतस्व२०७८ भएको छ। आज भन्दा ६ बर्स पूर्व आरती सखीको प्रयास बाट जितिया मनाएको थियो र तत पश्चात् सोही अनुसार मनाउदै आइएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाईने यस पर्वमा विशेष गरी विवाहित महिलाहरुले निराहार व्रत बसी परिवार र सन्तानको सुखशान्तिका लागि कामना गर्छन । जितियामा सुर्यलाई ‘जितमहान भगवान’ का रुपमा पुजा गरीन्छ ।

तराईमा बसोबास गर्ने विशेष गरी थारु महिलाहरुले संस्कृतिक पर्वका रुपमा जितिया मनाउँछन् । यस अवसरमा विवाह गरी गएका चेलीलाई अनिवार्य रूपमा माइत बोलाउने गरिन्छ।

यस व्रतको प्रभावले आफना सन्तान हरेक क्षेत्रमा सफल हुने तथा दिर्घायु हुने विश्वास गरीन्छ ।

Karaiya Mai Notice Winter

पहिलो दिन ‘नहा, खा’ (नुहाएर खानु) विधि अनुसार पर्वको सुरुवात भएको छ। यस दिन महिलाहरुले घिरौलाको पातमा भगवान् जितमाहन र दिंवगत पितृलाई प्रसाद (पिना, सख्खर र तोरीको तेल) लगाउने चलन छ ।

बिहान काग कराउनुभन्दा पहिल्यै व्रतालुले ‘ओठगन’ (खानेकुरा ओठमा लगाउनु) सम्पन्न गर्नु पर्ने मान्यता छ । प्रायःजसो महिलाले ओठ गनमा दहीच्युरा खाने गरेको पाइन्छ।

त्यसपश्चात महिलाहरुले कठोर व्रत वस्छन् । २४ घण्टासम्म पानी पनी नखाई उपवास वस्ने यस व्रतमा थुक पनि निल्न नहुने मान्यता छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे, खकार निले वा जिव्रो टोके व्रत असफल भएको मानिने व्रतालुहरु वताउँछन् । उपवासको समयमा ‘जितमहान भगवान’ को कथा सुन्ने र नाचगान गर्ने गरिन्छ ।

पर्वको तेश्रो दिन अर्थात शुक्रवार बिहान व्रतालुले जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा तेल लगाई त्यसमाथि अघ्र्य दिने र सोहि तेल आफना सन्तानका कपालमा लगाइदिने चलन छ । यसपछि सबैलाई दही, चिउरा र फलफूल खान दिएर व्रतालुले पनि व्रत समापन गर्ने चलन रहेको व्रतालुहरु वताउँछन् ।

आज कार्यक्रममा संस्थापित आरती झा, कार्यकर्ता उषा झा,मिनु ठाकुर, बिनिता, सुनिता, अर्चना,बिभा और सब सखी बहिन्पाको सहभागि रहेको थियो। जितिया पर्वको सबैमा हार्दिक शुभकामना व्यक्त गरिएको छ्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश