CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जसपा नेपाल लाइ यादवले फोडेको : ठाकुर

फेटा GP PSA
425
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

जनता समाजबादी पार्टी लाई उपेन्द्र यादवले नै फोडेको लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष मोहंत ठाकुरले आरोप लगाए। आधिकारिकताको कुरा गरि उपेन्द्र यादवले जनता समाजवादी पार्टी लाई एकद्वार प्रणालीमा आफु बस्न नचाहेर सिस्टममा नबसी आफै तोडनु भएको भने प्रश्नको जवाफ केन्द्रिय अध्यक्ष महन्त ठाकुरले बताए। हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजयादशमीको घटस्थापनाको शुभ अवसरमा कलैया उपमहानगर पालिकाको बैक रोड स्थित सिदार्थ बैक रहेको भवनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बारा जिल्लाको पार्टी कार्यालयको उद्घाटन कार्यक्रम बिच बिहिवार गरिएको प्रेस मिटमा यस्तो आरोप लगाए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

संचारकर्मीहरुको प्रश्नको जवाफमा ठाकुरले भने सरकारलाई बिश्वासको मत दिदा कुनै किसिमको सर्त नरहेको तर बर्तमन देउवा सरकारले सत्ता साझेदारीको लागि हामिलाइ आवस्यकताको महसुस गर्यो भन्ने सता साझेदारी गर्न पार्टिको बैठक बाट निर्णय गरेर हामि सत्तामा जान्छौ तर हाम्रो मागहरु लाई सरकारले सम्बोधन गर्छ भन्ने मात्र सत्तामा साझेदारी गर्न सक्ने ठाकुरले बताए।

Karaiya Mai Notice Winter

त्यस्तै अर्को प्रश्नको जवाफमा ठाकुरले भने देशमा संकटको अवथा आउनु पनि संविधानको त्रुटि रहेको छ, उदाहरणको रुपमा नागरिकताको मुद्दाको कुरा गर्दा अहिले सम्म पनि त्यो संसोधित भएको अवस्था छैन, आन्दोलनको बेल बन्दी बनेका कार्यकर्तालाई रिहाइ गर्न ओलि सरकार भएको बेला कदम उठाएको थियो जो अहिले बहस चल्दैछ, रेश्म चौधरीको मुद्दा र महोत्तरी घटनाको मुद्दा बारे अदालतको बाटो कुर्दै छौ,  जसका लागि आज पनि  हाम्रो आन्दोलन शान्ति पुर्ण आन्दोलन रहेको बताए।

प्रदेश सभामा संख्याको महत्त्व देखिन्छ जसमा दुइ तिहाइको बहुत भए पनि आज सरकारको गरिमा आचा आएकोले नैतिकताको आधारमा राजिनामा दिन लाई हामि मांग गरेका छौ । किनकि ५४ लाखको कार्यालय हुदा पनि अख्तियर को छापाले गरिमा घटाएको छ, सेन्टिमेन्ट कुरा गरेर ध्यान हटाउने कार्य हुदैछ, लोसपाको १६ र एमालेको ८ प्रदेश सभा गरि २४ जना प्रदेश सभा सदस्यहरुको एक ढिका मत रहेको प्रदेस नं. २ को संसदीय दलका नेता जितेन्द्र सोनलले जवाफ दिएका थिए।

लोसपा बारा पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा पुर्व मन्त्री अकबाल अहम्म्द शाह, संघिय सांसद एकबाल मिया, लोसपा प्रदेस नं. २का संसदीय दलका नेता जितेन्द्र सोनल, लोसपाका केन्द्रिय सदस्य डाक्टर कमरुल्लाह अंसारी, जिल्ला समन्वय समिति बाराका जिल्ला सभापति नवलकिशोर सिंह, श्याम गुप्ता, प्रसौनी गाउँ पालिका अध्यक्ष भोला प्रसाद गुप्ता, देवताल गाउँ पालिका अध्यक्ष चन्दन सिंह, पचरौता नगरपालिका उपमेयर इन्दु यादव, कलैया नगर अध्यक्ष जय प्रकाश साह, पिंकी यादव, उमरावती देबि साह, कलैया उपमहानगरपालिका वडा अध्यक्ष डाक्टर अखतर अंसारी, सर्फुलाह अंसारी, शम्भु गुप्ता, बृजकिशोर साह, मनोज साह, लगायतका महिला युवा, विद्यार्थी तथा अगुवा कार्यकर्ताहरुको उपस्थित रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश