CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भात्री संगठन खारेज गर्न नेपाल सरकार लाई चुनौती : इन्जिनियर यादव

फेटा GP PSA
462
सिम्रौन्गढ़ नपा psa

कलैया, बार।

नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको बारा स्थित होटेल बरेवा दरबार कलैयामा दोस्रो जिल्ला सम्मेलन तथा तिहार एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ। हिन्दुहरुको महान पर्वहरुको शुभ अवसरमा सबै इन्जिनियरहरु मिलि एक विशेष कार्यक्रमको आयोजना गरि नेशनल इन्जिनियर एसोसिएसनको चुनाव संबंधित छ्लफल समेत गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बारा जिल्ला अध्यक्ष मुकेश राज साहको सभापतित्व एवं सडक विभागका सिनियर डिभिजनल इन्जिनियर ध्रुव प्रसाद साह (डी. प्रसाद साह)को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। आफु पनि त्यहि पिडा भोगेर आएको र म पनि वर्षौ पहिला एक्लै तपाई हरु जस्तै अवाज उठाउदा मेरो कुरा लाई खिल्ली उदाउने गरिन्थ्यो तर आज तपाईहरुले अवाज उठाई रहदा प्र.अ. साहले सबै वक्ताहरुको मनोभावना लाइ कदर गर्दै सबै लाइ आफु सके जति सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।

Karaiya Mai Notice Winter

एक वर्षमै हजारौ को संख्यामा इंजिनियर हरु लाई जोड़न सफल भयेको यस नेशनल इंजीनियर्स एसोसिएशन नेपाल (NEAN) ले केन्द्रीय कमिटी, प्रदेश ०२ कमिटी साथै प्रदेश ०२ का आठै जिल्ला मा मा कमिटीहरु गठन गरिसकेको र छिटै अन्य प्रदेशमा समेत कमिटी गठन गरी देश भरी का इंजिनियरहरु लाई एकसाथ लीएर अगड़ी बढने निअन का केन्द्रीय महासचिव ई. तपेश्वर यादव ले घोषणा गर्नु भएको छ।

नेशनल इन्जिनियर एशोसिएसनको हुन् लागेको चुनावको बारेमा छलफलको विषय लाई लिएर आफ्नो धारणा राख्ने क्रममा सचिव पदका उमेदवार सफल कुमार साहले भने, नेशनल इन्जिनियर एशोसिएसनले स्थापना भएदेखि आज सम्म केके कार्य गरेको बारेमा प्रश्न चिन्ह खडा गरेका थिए। नाना थरिका प्रश्न खडा गर्दै गम्भीर आरोप समेत लगाएका थिए। उदाहरण स्वरुपमा इन्जिनियरको मानमर्यादा, शाख, लगायत हाम्रो पेशा लाई समेत बदनाम गरेको आरोप लगाए। इन्जिनियर लाई हुनुपर्ने सेवासुविधा होस् वा आफ्नो जिवकोपारजनका लागि पारिश्रमिक यी मध्ये कुनै कुराको व्यवस्थापन गर्न नसकेको समेत सचीवका उमेदवार साहले आरोप लगाए।

तयस्तै प्रदेश २का इन्चार्ज गौरी पण्डितले पनि आफ्नो धारणा राख्ने क्रममा भने, हामि जनताको हक हितमा काम गर्छौ त्यसकारण अरुको चाकरी गर्न लाई कसैको छाता मुनि नबसी हामि स्वतन्त्ररुपमा बसेर कार्य गरिरहेको बताए। पण्डितका अनुसार बात्री संगठन कारण नै हाम्रो देश डुब्न लागेको अवस्था रहेको कुरा सबैमा छर्लंग गरेका थिए।

सोहि क्रममा कोषाध्यक्षका उमेद्दवार तेजनारायण यादवले नेपाल सरकार माथि नै खनिएका थिए। नेपाल सरकारको अनियमितता बारेमा नेपाल सरकार लाई चुनौती दिदै भने, नेशनलमा इन्जिनियरहरुको भात्री संगठन खारेज गरेर भ्रष्टाचार गरि हेरावोस, हामि कुनै हालतमा भ्रष्टाचार हुन् दिन्न भन्ने आफ्नो धारणा राखेका थिए। सरकारले हामि बीच फुट डालेर नेताहरुले राज गरि रहेको र हामि इन्जिनियरहरु लाई फसाउने गरेको समेत आरोप लगाए। इन्जिनियर एशोसिएसनको चुनाव हुन लागेकोमा सबै पार्टीका आ-आफ्नो भात्री संगठन लाई नानाथरीको प्रलोभनमा हामि इन्जिनियारहरुमा फुट गरि आफ्नो निजि स्वार्थ सिद्ध गरिरहेको समेत आरोप लगाएका थिए । उक्त कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष प्रमोद यादव, केन्द्रिय महासचिव तपेश्वर यादव लगायत सबै जिल्लाका जिल्ला अध्यक्ष एवं सदस्यहरुको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश